नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शहीदका सपना र शहीद परिवारका पीडा नभुलेको बताएका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–१८ स्थित फूलबारी डिपोबजारमा शहीद परिवारजनहरूसँगको भेटमा प्रचण्डले यस्तो बताएका हुन् ।
राजनीतिक परिवर्तनमा जनयुद्धका शहीदको सबैभन्दा ठूलो बलिदान रहेको बताएका प्रचण्डले उनीहरूले देखेका सपना पूरा गर्न प्रयास गरिरहने बताए ।
‘जनयुद्धमा समर्पित परिवारको योगदानको मलाई सधैं स्मरण हुने गर्छ । तपाईंहरूका पीडा बिर्सेका छैनौं, बिर्सने पनि छैनौं,’ ‘बीचमा हामी केही बिग्रियौं कि भन्ने आत्मसमीक्षा पनि त्यसको प्रमाण हो,’ उनले भने ।