नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वकालमा हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्र थापाको सालिकमा माल्यार्पण गरेका छन्।
दैलेख पुगेका प्रचण्डले दैलेख बजारस्थित डेकेन्द्र चोकमा रहेको थापाको सालिकमा फुलमालासहित माल्यार्पण गरेका हुन्। प्रचण्डले माल्यार्पणअघि थापाको घरमा गएर आमासँग र परिवारसँग भेटघाट समेत गरेका थिए।
द्वन्द्वकालमा माओवादीले थापाको अपहरण गरी हत्या गरेको थियो।
थापाको हत्या भएको ८ वर्ष पछि प्रहरीले ५ जना अभियुक्तलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा माओवादीका जिल्ला स्तरीय नेता/कार्यकता रहेका थिए।