• शुक्रवार, आश्विन ९ गते २०७७

गोरखामा आज थपिए १८ जना संक्रमित

गोरखामा आज थपिए १८ जना संक्रमित

गोरखामा आज थपिए १८ जना संक्रमित

  • 295
    SHARES

  • गोरखामा आज थपिए १८ जना संक्रमित

    गोरखामा साेमबार बिहानै १८ जना काेराेनाका संक्रमित थपिएका छन् ।

    गोरखा र पालुङ्गटार नगरपालिकाका गरी १८ जना संक्रमित थपिएकाे स्वास्थ्य निर्देशनालय पोखराले पुष्टि गरेकाे हाे ।

    जसमा गोरखा नगरपालिका वडा नम्बर ७ का ६ महिला र ६ पुरुष गरी १२ जना, वडा नम्बर ८ का १ पुरुष र वडा नखुलेका २ पुरुष र एक महिला रहेकाे स्वास्थ्य निर्देशक डा बिनेद बिन्दु शर्माले बताए ।

    त्यस्तै पालुङ्गटार १ का एक पुरुष र वडा नखुलेकी एक महिलालाई संक्रमण पुष्टि भएकाे बताइएकाे छ ।

    यससंगै गण्डकी प्रदेशमा आज ६७ जना संक्रमित थपिएका छन । जसमा कास्कीमा ३१, नवलपुरमा १५ र तनहुँमा ३ जना रहेकाे निर्देशनालयले जनाएकाे छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology