• शनिवार, मंसिर ६ गते २०८३

चुनावी धक्का अस्थायी हो, निराश नहुनु

चुनावी धक्का अस्थायी हो, निराश नहुनु

चुनावी धक्का अस्थायी हो, निराश नहुनु

  • 150
    SHARES

  • चुनावी धक्का अस्थायी हो, निराश नहुनु

    सक्रिय राजनीतिमा फर्किएपछि पहिलोपटक पार्टीको ठूलो फोरमलाई सम्बोधन गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीपंक्तिलाई निराश नहुन आग्रह गरेकी छन् ।

    बबरमहलमा जारी राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने भएकाले निराश नहुन आग्रह गरेकी हुन् ।

    ‘एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन,’ भण्डारीले भनिन्, ‘तर हारबाट सही पाठ सिक्नु र कमजोरीहरु सच्याउँदै अघि बढ्नु हाम्रो दायित्व हो ।’

    गत २१ फागुनको निर्वाचनको नतिजालाई अस्थायी धक्काको संज्ञा दिएकी छन् । ‘अहिले हामीले भोगेको धक्का अस्थायी हो,’ बरिष्ठ नेता भण्डारीले भनिन्, ‘त्यसैले निराश भएर निष्कृय बस्ने होइन, विगतका अनुभव र ऐतिहासिक विरासतबाट शिक्षा लिदै नयाँ ‌ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्नुपर्छ ।’

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology