नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सत्तारुढ दल रास्वपाभित्रको अन्तरसंघर्ष एक पछि अर्को गरी बढिराखेको बताएका छन् ।
उनका अनुसार कुनै पनि बेला रास्वपा फुट्यो, प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पार्टी सभापति रवि लामिछानेलाई थुने वा रविले बालेनलाई टेकओभर गरेर प्रधानमन्त्री बने भने आश्चर्य मान्नु नपर्ने अवस्था बनेको छ ।
दैलेखमा आयोजित नेकपाको राष्ट्रिय जागरण तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘अहिले उनीहरूको संघर्ष एक पछि अर्को बढिराखेको छ’ नेता पुनले भने, ‘कुनै पनि बेला पार्टी फुट्यो भने आश्चर्य मान्नुपर्दैन । कुनै पनि बेला प्रधानमन्त्रीले सभापति रविलाई थुने भने पनि आश्चर्य मान्नुपर्दैन । कुनै बेला प्रधानमन्त्रीलाई सभापतिले टेकओभर गरेर आफू प्रधानमन्त्री भए पनि आश्चर्य मान्नुपर्दैन ।’