• शनिवार, मंसिर ६ गते २०८३

विश्वभरका प्रतिनिधिबाट राम्रो प्रतिक्रिया पाएँ : प्रचण्ड

विश्वभरका प्रतिनिधिबाट राम्रो प्रतिक्रिया पाएँ : प्रचण्ड

विश्वभरका प्रतिनिधिबाट राम्रो प्रतिक्रिया पाएँ : प्रचण्ड

  • 150
    SHARES

  • विश्वभरका प्रतिनिधिबाट राम्रो प्रतिक्रिया पाएँ : प्रचण्ड

    नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको धारणा राख्दा विश्वभरका प्रतिनिधिबाट राम्रो प्रतिक्रिया पाएको बताएका छन्।

    रुसमा आयोजित ‘फर द फ्रिडम अफ नेसन्स’ सम्मेलनबाट बिहीबार स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सम्मेलनमा नेपालको उपस्थिति र आफ्नो सम्बोधनले देश तथा पार्टीको गरिमा बढेको बताए।

    ‘मैले जति सोचेर गएको थिएँ, त्यसभन्दा बढी नै भयो। नेपालको गरिमा, हाम्रो पार्टीको र कम्युनिस्ट आन्दोलनको पनि गरिमा उठेको महसुस गरेको छु,’ उनले भने।

    प्रचण्डका अनुसार सम्मेलनमा ७६ देशका राजनीतिक दलका नेता, अध्यक्ष, पूर्वमन्त्री तथा पूर्वप्रधानमन्त्रीसहित करिब साढे चार सय प्रतिनिधि सहभागी थिए। तीन दिनसम्म चलेको सम्मेलनमा उनले दुई पटक सम्बोधन गर्ने अवसर पाएका थिए।

    पहिलो सम्बोधनमा उनले नेपालको वर्तमान राजनीतिक परिस्थिति र अवस्थाबारे धारणा राखेका थिए। दोस्रो दिन आयोजित ‘फर द फ्रिडम अफ नेसन्स’ को महासभामा उनले विश्व परिस्थिति र नेपालको अन्तर्राष्ट्रिय दृष्टिकोण प्रस्तुत गरेका थिए।

     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology