• शनिवार, मंसिर ६ गते २०८३

पार्टी पुनर्गठन दिवस मनाउँदै विप्लवको पार्टी

पार्टी पुनर्गठन दिवस मनाउँदै विप्लवको पार्टी

पार्टी पुनर्गठन दिवस मनाउँदै विप्लवको पार्टी

  • 165
    SHARES

  • पार्टी पुनर्गठन दिवस मनाउँदै विप्लवको पार्टी

    नेपाल कम्युनिस्ट पार्टी ( माओवादी) ले देशैभर पार्टी पुनर्गठन दिवस मनाउँदैछ ।

    यही मंसिर ८ गते पार्टी पुनर्गठन दिवस मनाउने गरी केन्द्रीय कार्यालयले विभिन्न कार्यक्रमसहित परिपत्र जारी गरेको छ ।

    महासचिव विप्लव सीले जारी गरेको परिपत्रमा दिवसका अवसरमा चारवटा कार्यक्रम गर्न निर्देशन दिइएको छ ।

    परिपत्रअनुसार मंसिर ६ गते साहित्यिक कार्यक्रम, मंसिर ७ गते सरसफाइ तथा प्रचारप्रसार कार्यक्रम आयोजना गर्न भनिएको छ । त्यस्तै, मंसिर ८ गते देशभर उत्सव आयोजना गर्ने र सोही दिन कम्युन मार्ग उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology