• सोमवार, श्रावण ११ गते २०८३

ओली–प्रचण्डबीच बालुवाटारमा भेटवार्ता !

ओली–प्रचण्डबीच बालुवाटारमा भेटवार्ता !

ओली–प्रचण्डबीच बालुवाटारमा भेटवार्ता !

  • 5.0K
    SHARES

  • ओली–प्रचण्डबीच बालुवाटारमा  भेटवार्ता !

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता  भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा  भएको भेटवार्तामा बिहीबार बस्ने सचिवालय बैठक र शुक्रबार बस्ने स्थायी कमिटी बैठकबारे छलफल भएको छ ।

    बिहीबारका लागि तोकिएको पार्टीको स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल गर्न दुई अध्यक्षबीच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

    नेकपामा पछिल्लो समय देखिएको विवाद समाधान गर्न बनेको कार्यदलले दिएको सुझाव र कार्यान्वयनका विषयमा पनि अध्यक्षद्वयबीच छलफल भएको  स्रोतले बताएको छ ।

    मन्त्री परिषद, प्रदेश सरकार फेरबदल गर्ने विषयमा पछिल्लो समय पुनः विवाद देखिएको छ । कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्न नेताहरु नै आनाकानी गरिरहेको छ । त्यसैले पनि विवाद उत्पन्न भएका हुन् ।

    दुई वर्ष मन्त्री भइसकेकाहरुलाई हटाएर नयाँ मन्त्री बनाउने विषयमा व्यापक छलफल भएपनि निचोड भने निस्किएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमै कोही मन्त्री नहट्ने भन्दै ढुक्कले काम गर्न भनेका थिए ।

    अहिले खाली भएको मन्त्रालयमा मात्र नयाँ व्यक्तिलाई जिम्मेवारी दिने सोंचमा प्रधानमन्त्री ओली देखिएका छन् । 

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology