नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना कुरा राखेर स्थायी समिति बैठकबाट बाहिरिएका छन्।
शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकको सुरुमै बाहिरिएका हुन्। नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओली सहमतिमै बैठकको सुरुमा आफ्ना कुरा राखेर बाहिरिएका हुन्।
त्यस्तै ,बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को बस्ने ठाउँसमेत परिवर्तन भएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा प्रचण्ड सेन्टरमा देखिएका छन्। यसअघिका बैठकमा 'सेन्टर' मा 'ओली बसेका हुन्थे।
प्रचण्डको दाँयातिर प्रधानमन्त्री ओली र बरिष्ठ नेता झलनाथ खनाल छन् भने बाँयातिर बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम बसेका छन्।
स्थायी कमिटीमा पेश भएको राजनीतिक प्रतिवेदनमा प्रचण्डले पार्टीको सम्पूर्ण काम गर्ने र प्रधानमन्त्री ओली पुरै कार्यकाल प्रधानमन्त्री रहने प्रस्ताव गरिएको छ।
पार्टीभित्र देखिएको विवादका कारण गत असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक अझै सकिएको छैन।