• सोमवार, श्रावण ११ गते २०८३

ओली र प्रचण्ड भेटवार्ता लगत्तै ओलीले डाके मन्त्रिपरिषद् बैठक

ओली र प्रचण्ड भेटवार्ता लगत्तै ओलीले डाके मन्त्रिपरिषद् बैठक

ओली र प्रचण्ड भेटवार्ता लगत्तै ओलीले डाके मन्त्रिपरिषद् बैठक

  • 5.6K
    SHARES

  • ओली र प्रचण्ड भेटवार्ता लगत्तै ओलीले डाके मन्त्रिपरिषद् बैठक

    मन्त्रिमण्डल पुर्नगठनको चर्चा चलिरहेका बेला बिहीबार बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सम्पन्न भएको छ ।

    भेटावार्तामा मन्त्रिमण्डल पुर्नगठनका विषयमा छलफल भएको स्रोतले जानकारी दियो । स्रोतकाअनुसार आजको भेटवार्तामा सरकारमा रहेका पुराना केही मन्त्रीको ठाउँमा नयाँ मन्त्रीलाई स्थान दिने विषयमा छलफल भएको थियो ।

    हाल सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्रालय रिक्त छन् । उक्त मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हालिरहेका छन् ।

    मंगलबार सम्पन्न भएको नेकपा सचिवालय बैठकले मन्त्रिमण्डल पुर्नगठनका विषयमासमेत छलफल गरेको थियो । बैठकले मन्त्रिपरिषद् पुर्नगठन स्थायी कमिटीको निर्णयअनुसार गर्ने विषयमा नीतिगत रुपमा सुझाव दिएको थियो ।

    आज साझ मन्त्रिपरिषद् बैठक बस्दै 

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मन्त्रिमण्डल पुर्नगठनको चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

    बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ । बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने स्रोतले जानकारी दियो ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology