• सोमवार, श्रावण ११ गते २०८३

मन्त्रिपरिषद् पुनर्गठनको चर्चा , नयाँ मन्त्रीको चर्चामा को-को छन् ?

मन्त्रिपरिषद् पुनर्गठनको चर्चा , नयाँ मन्त्रीको चर्चामा को-को छन् ?

मन्त्रिपरिषद् पुनर्गठनको चर्चा , नयाँ मन्त्रीको चर्चामा को-को छन् ?

  • 5.6K
    SHARES

  • मन्त्रिपरिषद् पुनर्गठनको चर्चा , नयाँ मन्त्रीको चर्चामा को-को छन् ?

    मन्त्रिपरिषद् पुनर्गठनको चर्चासँगै प्रधानमन्त्री निवास बालुवाटार र प्रचण्ड निवास खुमलटार र  वरिष्ठ नेता माधव कुमार नेपालको निवास कोटेश्वरमा धाउन थालेका छन् ।

    अहिलेसम्म मापदण्ड तयार छैन । अध्यक्षद्वयबीच व्यक्तिका विषयमा छलफल नभए पनि मन्त्री बन्नेहरुको चर्चा नेकपाभित्र सुरु भएको छ ।

    उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश' उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने चर्चा नेकपाभित्र छ ।

    महासचिव पौडेल पनि अर्थमन्त्रीसहित सरकारमा सहभागी हुने चर्चा भए पनि उनले अध्यक्षद्वयलाई आफू पार्टी काममा केन्द्रित हुने बताइसकेका छन् । अन्तिममा  अर्थसहित मन्त्री बन्ने पौडेलको सम्भावना बलियो छ ।

     भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, महेश बस्नेतलगायतको नाम पनि मन्त्री बन्ने चर्चामा छ ।

    यी नेताहरु मन्त्री बन्ने वा नबन्ने भन्ने कुराको कतिजना अहिलेको मन्त्रिपरिषद्बाट बाहिरिन्छन् भन्ने कुराले टुंगो लाग्नेछ ।

    कमिसन बार्गेनिङको आरोप लागेका गोकुल बाँस्कोटालाई पनि फेरि मन्त्री बनाउने प्रधानमन्त्री ओलीको चाहना रहेको स्रोतको दावी छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology