नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) बस्ने भएको छ ।बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो चार बजे बस्ने भएको हो ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको छलफलमा आज सचिवालय बैठक बोलाउने सहमति भएको थियो।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाका लागि पूर्वअर्थमन्त्री डा.युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र चीनका लागि महेन्द्रबहादुर पाण्डेलाई राजदूतमा सिफारिस गरेपछि पार्टी भित्र नै बिरोध सुरु हुन थालेपछि बैठक बालोइएको हो।
राजदूत लगायतका राजनीतिक नियुक्तिमा प्रधानमन्त्री ओलीले एकलौटी गरेको भन्दै सचिवालय सदस्यहरुले आरोप लगाउदै आएका छन् ।
बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको पछिल्ला नियुक्तिलाई लिएर असन्तुष्टि राख्ने तयारी गरेका स्रोतले जनाएको छ।
त्यस्तै बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा पनि छलफल हुने बताइएको छ । मन्त्रिपरिषद् पुर्नगठन गर्ने सहमति भएपनि हटाउने र थप्ने पात्रको विषयमा दुई अध्यक्षबीच सहमति हुन सकेको छैन।