नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज बोलाएको सचिवालय बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को सल्लाहमा बैठक स्थगित गरिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा (जुगल)ले जानकारी दिए ।
बैठक आइतबार बस्ने सम्भावना रहेको श्रोतले बताएको छ।