• सोमवार, श्रावण ११ गते २०८३

ओली र प्रचण्डबीच भेटवार्ता, भोलि नेकपाको सचिवालय बैठक !

ओली र प्रचण्डबीच भेटवार्ता, भोलि नेकपाको सचिवालय बैठक !

ओली र प्रचण्डबीच भेटवार्ता, भोलि नेकपाको सचिवालय बैठक !

  • 4.5K
    SHARES

  • ओली र प्रचण्डबीच भेटवार्ता, भोलि  नेकपाको  सचिवालय बैठक !

     नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता  भएको छ ।

    अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष तथा  प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।  दुई अध्यक्ष बीच भएको भेटवार्ता पछि नेकपाले सचिवालय बैठक बोलाइएको छ ।

    आइतबार स्थगित भएको सचिवालय बैठक भोलि (मंगलबार) दिउँसो चार बजे बोलाइएको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले जानकारी दिए ।

    उनका अनुसार दुई अध्यक्षबीच बैठकको एजेण्डाबारे समेत सामान्य छलफल भएको छ । पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गरिएपछि नेकपामा असन्तुष्टि देखिएको छ ।

    सोमबारको बैठकमा एकता प्रक्रियाका बाँकी काम, मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल हुने भएको छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology