• सोमवार, श्रावण ११ गते २०८३

ओली-प्रचण्डबीच सहमति : बिष्णु, सुरेन्द्र र जनार्दन मन्त्री बन्दै

ओली-प्रचण्डबीच सहमति : बिष्णु, सुरेन्द्र र जनार्दन मन्त्री बन्दै

ओली-प्रचण्डबीच सहमति : बिष्णु, सुरेन्द्र र जनार्दन मन्त्री बन्दै

  • 6.2K
    SHARES

  • ओली-प्रचण्डबीच  सहमति : बिष्णु, सुरेन्द्र र जनार्दन मन्त्री बन्दै

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच तीनजना मन्त्री तत्काल थपेर जाने सहमति भएको छ। 

    भोलि दिउँसो ४ बजे बस्ने सचिवालय बैठकमा अध्यक्षद्वयको तर्फबाट तीनजना मन्त्री थपेर अगाडि बढ्ने विषयमा सहमति भएको बालुवाटार स्रोतको भनाइ छ ।

    स्रोतका अनुसार अर्थमन्त्रीमा महासचिव विष्णु पौडेल, शहरी विकासमा सुरेन्द्र पाण्डे र सञ्चारमा जनार्दन शर्मालाई तत्काल थपेर दसैँ तिहारपछि मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी छ ।

    महासचिव पौडेलले भने आफू अर्थमन्त्री नबन्ने बताएका छन् । उनले सबैभन्दा पहिले प्रदेश ५ नम्बर प्रदेशको राजधानी बुटवल नै कायम गर्नुपर्ने माग गरेका बालुवाटार स्रोतको भनाइ छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology