• आइतवार, कार्तिक ९ गते २०७७

समाजमा झन-झन असमानताको खाडल बढ्दै गएको छ

समाजमा झन-झन असमानताको खाडल बढ्दै गएको छ

समाजमा झन-झन असमानताको खाडल बढ्दै गएको छ

  • 958
    SHARES

  • समाजमा झन-झन असमानताको खाडल बढ्दै  गएको छ

    नेपालमा बिभिन्न चरणमा बिभिन्न खाले आन्दोलन भए जस्तै २००७ सालमा राणा बिरोधी आन्दोलन २०४६ सालमा बहुदलिय आन्दोलन र २०५२साल देखि २०६२\२०६३ सम्म जनयुद्ध तथा जनआन्दोलन भयो। यीनै आन्दोलनको जग र हजारौ योद्धाहरूको बलिदानबाट नेपालमा सॅघिय लोकतान्त्रीक गणतन्त्रको स्थापना भएको छ।

    नेपालमा लोकतान्त्रीक ब्यबस्था निर्माणको निम्ति थुप्रै नेपाली आमाका होनाहार छोराछोरीले आफ्नो बलिदानी दिएका छन। बलिदानको जगमा उभिएको नेपालको लोकतान्त्रिक ब्यबस्था माथि यतिबेला थुप्रै प्रश्नहरू खडा भएका छन। लोकतान्त्रिक राज्य अर्थात लोक कल्याणकारी मुलुकमा हरेक नागरिक समान हुन्छन। हरेक नागरिक को आ-आफ्नो स्वतन्त्रता हुन्छ।

    हरेक नागरिकले बाच्न पाउने अधिकारको सुनिश्चिता हुन्छ। जहा की लोकतान्त्रीक मुलुकमा कुनै गरिबले सिटामल नपाएर छटाउदै मर्न पर्दैन। खाना नपाएर दाताले दिएको गनाउने चामालको भातको लागी प्लेट बोकेर खुला आकासमुनि लाम लाग्न पर्दैन। कोहि रोगले मर्न पर्दैन। कोहि भोकले मर्न पर्दैन। कोहि न्याय नपाएर मर्न पर्दैन। लोकतन्त्रको आफ्नै मुल्य मान्यता हुन्छ। आफ्नै सिष्टम हुन्छ। राज्यको दृष्टीमा हरेक नागरिक समान हुन्छन।

    जनताले ईमान्दार पुर्बक राज्यलाई कर बुझाउछन र जनताबाट उपलब्ध करबाट सरकारले राज्यका हरेक नागरिकलाई  जनताको बिकासको निम्ति हरेक क्षेत्रमा लगानी गर्छ। जहाकी लोकतान्त्रिक राज्यमा राज्यद्धारा पाउने सुबिधामा उधोगपति बिनोद चौधरी र कर्णालीको एक किसानलाई  फरक फरक हुदैन समनताका आधारमा सुबिधाको बितरण र उपभोग हुन्छ। त्यो नै लोक कल्याणकारी राज्यको मुल्य र मान्यता हो भने जनताका आफ्ना न्युतम माग राखेर बिरोध आलोचना गर्न पाउने बहस छलफल गर्न पाउने शान्ति पुर्ण धर्ना जुलुस गर्न पाउने त्यो लोकतन्त्रको शुन्दर रूप हो।

    तर नेपालको सन्दर्भमा हेर्ने हो भने यसको ठिक उल्टो गतिमा घुमिरहेको पाईन्छ। कर्णालीका नागरिक सिटामल नपाएर छटपाउदै प्राण त्यागेका छन। देशको राजधानी लगायत बिभिन्न सहरमा मजदुरहरू खाना नपाएर आफ्नो आत्माहत्या गर्न बाध्य छन। दैनिक बेरोजगारी को सॅख्या बढ्दो क्रममा छ। कोरोना महामारीका बिच पनि युवाहरू देश छोडेर पालाएन हुन बाध्य छन। सिहआसनमा बसेका सत्ताका ठेकेदारहरू भ्रष्टचारको आहालमा चुर्लुम्मै डुबेका छन।

    यो मुलुकमा भ्रष्टचारीलाई कार्बाही गर्ने कुनै कानुन छैन। तर भ्रष्टचारीलाई कार्बाही गर भनेर सडकमा निस्कने देशप्रेमी नौजवानलाई चिसो छिडीमा सेकाईन्छ। फक्रदै गरेका साना नानी निर्मला,सम्झनाहरू बलात्कारको सिकार हुन्छन। प्रेमका कारण जातियताको नाममा अजित, नबराजहरू भेरिमा बगाईन्छन। समाजमा झन झन असमानताको खाडल बढ्दै गएको छ।

    जातियता क्षेत्रीताका मुद्धाहरू झन पेचिला बन्दै गईरहेको छ। जातका नाममा धर्मका नाममा बिभेदका नौला आयामहरू बिकसित हुदै गएका छन। हत्या बलात्कार जस्ता जघन्य अपराधमा कानुनी कार्बाही फितलोपनले पुरानो उखान (सानालाई ऐन ठूलाई चैन) भने जस्तै भएको छ।

    न्यायीक असमनताका कारण जघन्य अपराधले बढवा पाएको छ। तर हाम्रा शासकहरू जो यो राज्यसत्ताको बाघडोर समालेर बसेका छन। ति मानिसहरू बेखबर छन। किनकी उनीहरूको आखामा समृद्धी,समाजबादको चस्मा छ। समृद्धीको चस्माले गरिबका झुपडी देख्न सक्दैन। समाजबादको चस्माले एउटा मजदुरको पिडा देख्न सक्दैन।

    किनकी उ समाजबादको आकासे उडानमा छ। आकासबाट भुईमान्छेहरू देखिने कुरै भएन। आकासबाट त केबल देखिन्छन गगन चुम्बि महलहरू अनि समृद्धीका लहर हामी त्यहि देशका नागरिक हौ। जहा लोकतन्त्र छ। त्यहा लोक को कल्याण छैन। जहा समृद्धी छ त्यहा झुपडीमा शान्ति छैन।

    अनि सोध्न मन लाग्छ लोकतन्त्र भनेको के हो? समृद्धी भनेको के हो? समाजबाद के हो?

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology