• सोमवार, श्रावण ११ गते २०८३

सर्यो नेकपाको केन्द्रीय समिति बैठक, तोकियो नयाँ मिति

सर्यो नेकपाको केन्द्रीय समिति बैठक, तोकियो नयाँ मिति

सर्यो नेकपाको केन्द्रीय समिति बैठक, तोकियो नयाँ मिति

  • 6.3K
    SHARES

  • सर्यो नेकपाको केन्द्रीय समिति बैठक, तोकियो नयाँ मिति

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्वनिर्धारित केन्द्रीय समिति बैठक एक महिनापछि सारिएको छ । बैठकको तयारी नपुगेको भन्दै कात्तिक १५ देखि १७ गतेसम्म बस्ने निर्धारण भएको बैठक एक महिना पछि सारिएको हो ।

    नेकपा कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले बुधबार जारी गरेको विज्ञप्तिमा पूर्वनिर्धारित बैठक मंसिर १५ देखि १७ गतेसम्म बस्नेगरी स्थगित गरिएको उल्लेख गरिएको छ ।

    विज्ञप्तिमा कोरोना महामारीका कारण बैठक स्थगित गर्नु परेको पनि उल्लेख गरिएको छ ।

    ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २०७७ कार्तिक १५ देखि १७ गते आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ ।

    स्थगित बैठक यही २०७७ मङ्सिर १५ देखि १७ गते आयोजना गरिने छ’, विज्ञप्तिमा भनिएको छ ।

    बालुवाटार स्रोतका अनुसार महासचिव विष्णु पौडेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेर नयाँ मिति तय गरिएको हो ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology