• सोमवार, श्रावण ११ गते २०८३

काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

  • 4.5K
    SHARES

  • काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

    नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

    पार्टी मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दैै कात्तिक २१ गते शुक्रबार दिनको १ बजे बैठक बोलाइएको जानकारी दिए ।

    पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीबारे बैठकमा छलफल हुनेछ भने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहनेछ ।

    यसअघि काँग्रेसले बोलाएको केन्द्रीय समिति बैठक केही केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि प्रभावित भएको थियो ।

    यसैबीच सहमहामन्त्री प्रकाश शरण महतका अनुसार केन्द्रीय समितिअघि कात्तिक १७ गते वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको पदाधिकारी बैठक बस्नेछ । सो बैठकमा पनि पार्टीको १४ औं महाधिवेशनबारे छलफल हुने उनले जानकारी दिए ।

    कांग्रेसको १४ औं महाधिवेशन फागुन ७ देखि गर्ने जनाएको छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology