• आइतवार, आश्विन ४ गते २०८३

सांसद सूर्यबहादुर केसीको निधन

सांसद सूर्यबहादुर केसीको निधन

सांसद सूर्यबहादुर केसीको निधन

  • 7.3K
    SHARES

  • सांसद सूर्यबहादुर केसीको निधन

    राष्ट्रिय सभाका सांसद सूर्यबहादुर केसीको निधन भएको छ।

    तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका  ६३ वर्षीय सांसद  केसीको सोमबार राति निधन भएको हो।

     मिर्गौलाका बिरामी उनी केही समयदेखि सुगर र प्रेसरबाट पीडित थिए। उनलाई निमोनियाँको पनि आशंका गरिएको छ। अचानक रक्तचाप कम भएपछि उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

    पोखराका प्रतिष्ठित व्यवसायी केसीको मंगलबार बिहान ९ः३० बजे अन्तिम संस्कार हुने पारिवारिक स्रोतले जनाएको छ।

    २०७४ सालमा राप्रपाबाट नेपाली कांग्रेसमा प्रवेश गरेका केसी पोखरा उपमहानगरपालिकाका तत्कालीन प्रधानपञ्चसमेत थिए।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology