• सोमवार, श्रावण ११ गते २०८३

प्रचण्डले बोलाए नेकपाको सचिवालय बैठक !

प्रचण्डले बोलाए नेकपाको सचिवालय बैठक !

प्रचण्डले बोलाए नेकपाको सचिवालय बैठक !

  • 6.2K
    SHARES

  • प्रचण्डले बोलाए नेकपाको  सचिवालय बैठक !

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच  विवाद तिब्र भइरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सचिवालयको बैठक बोलाएका छन्। 

    पार्टीको सचिवालय बैठक आज (शुक्रबर) तीन बजे पार्टी कार्यालय धुम्बाराहीमा  बस्न लागेको हो। बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै नेता सहभागी हुने स्रोतले बताएको छ ।

    प्रवक्ता नारायणकाजी श्रेष्ठले भने कार्यकारी अध्यक्ष प्रचण्डले अनौपचारिक बैठक बोलाएको जानकारी दिएका छन् । ‘कार्यकारी अध्यक्षले पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बोलाउनु भएको छ,’ श्रेष्ठले भने ।

    बिहीबार प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँग भएको भेटमा  सचिवालय बैठक बोलाउनुपर्ने धारणा राखेका थिए। तर प्रधानमन्त्री ओलीले अहिले बैठक बोलाउन जरूरी नरहेको प्रतिक्रिया दिएका थिए।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology