• शनिवार, मंसिर १३ गते २०७७

नेकपाको धुम्बाराही बैठकले गर्यो यस्तो निर्णय

नेकपाको धुम्बाराही बैठकले गर्यो यस्तो निर्णय

नेकपाको धुम्बाराही बैठकले गर्यो यस्तो निर्णय

  • 898
    SHARES

  • नेकपाको धुम्बाराही  बैठकले गर्यो यस्तो  निर्णय

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको अनौपचारिक बैठक सकिएको छ। बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई आधिकारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णय गरेको छ ।

    शुक्रबार ५ जना सचिवालय सदस्यको पार्टी कार्यालय धुम्बाराहीमा बसेको अनौपचारिक बैठकले पार्टीको बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई सामूहिक रुपमा भेटेर आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

     अनौपचारिक बैठकमा प्रचण्डसहित नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी भएका थिए । प्रधानमन्त्री ओली, सचिवालय सदस्य ईश्वर पोखरेल, सचिवालय रामबहादुर थापा बादल र महाचिव विष्णुप्रसाद पौडेल भने अनुपस्थित थिए ।

    कार्यकारी अध्यक्षले पार्टीको आधिकारिक बैठक बोलाउन मिल्ने भए पनि पार्टी एकताको सन्दर्भलाई ध्यान दिँदै अर्का अध्यक्ष केपी ओलीको सहमतिमै बैठक बोलाउने समझदारी भएको प्रवक्ता श्रेष्ठले बताए ।

    यसअघि ओलीसँग प्रचण्डले ‘वान अन वान’ भेटवार्ता गर्दै आएका थिए । बैठकपछि प्रवक्ता श्रेष्ठले पार्टी एकता जोगाउन सामूहिक रुपमा भेटेर प्रधानमन्त्रीसँग कुरा गर्ने निष्कर्ष निकालिएको बताए ।

     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology