• शनिवार, मंसिर १३ गते २०७७

नेकपाका पाँच नेता ओली भेट्न बालुवाटारमा !

नेकपाका पाँच नेता ओली भेट्न बालुवाटारमा !

नेकपाका पाँच नेता ओली भेट्न बालुवाटारमा !

  • 535
    SHARES

  • नेकपाका पाँच नेता ओली भेट्न बालुवाटारमा !

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डसहितका ५ सचिवालय सदस्य अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् ।

    शुक्रवार बसेको पार्टीको अनौपचारिक सचिवालय बैठकको निर्णय बोकेर पाँच जनाको टोलि बालुवाटार पुगेको हो ।

    पार्टीभित्र विवाद बढ्दै जाँदा सचिवालयका ५ नेताबीचको शुक्रबार बसेको अनौपचारिक बैठकले बैठक बोलाउन प्रधानमन्त्रीलाई आग्रह गर्ने र त्यसका लागि शनिबार उनलाई भेट्न जाने निर्णय गरेको थियो ।

    नेताहरु पार्टी कार्यालय धुम्बाराहीमा भेला भएर बालुवाटार गएका हुन् ।सचिवालयका ५ नेतामा प्रचण्डसहित माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ रहेका छन् ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology