• आइतवार, आश्विन ४ गते २०८३

पोखरा महानगरको सेवा एक साताको लागि बन्द

पोखरा महानगरको सेवा एक साताको लागि बन्द

पोखरा महानगरको सेवा एक साताको लागि बन्द

  • 7.4K
    SHARES

  • पोखरा महानगरको सेवा एक साताको लागि बन्द

    काठमाडौँ। पोखरा महानगरपालिकाले  अत्यावश्यक बाहेकका सबै सेवाहरु एक हप्ताको लागि  बन्द गरेको छ ।

    महानगरले शुक्रवार सूचना जारी गरी महानगरमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले अत्यावश्यक बाहेकका सेवा आगामी मङ्सिर १२ गतेसम्म स्थगित गरिएको जानकारी दिएको हो ।

    महानगरका प्रवक्ता धनबहादुर नेपालीले उपप्रमुख मञ्जुदेवी गुरुङसहित प्रमुखको सचिवालय, प्रशासन, लेखालगायत शाखा कार्यालयका गरी २७/२८ जना कर्मचारी कोभिड–१९ सङ्क्रमित भएकाले सेवा प्रभावित भएको र एक साता सेवा बन्द गरिएको बताए ।

    उनले भने, “उपप्रमुख आफैँ सङ्क्रमित हुनुहुन्छ, प्रमुखको सचिवालयलगायत अन्य महत्वपूर्ण शाखाका कर्मचारीमा कोरोना पुष्टि भएकाले मङ्सिर १२ सम्मलाई जरुरी काम नपरी सेवाग्राहीलाई कार्यालय नआउनुहोस् भनेर सूचना जारी गरेका छौँ ।”

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology