• सोमवार, श्रावण ११ गते २०८३

आज नेकपा सचिवालय बैठक : प्रचण्डको राजनीतिक प्रस्तावविरुद्ध ओलीले अर्को प्रस्ताव पेश गर्ने

आज नेकपा सचिवालय बैठक : प्रचण्डको राजनीतिक प्रस्तावविरुद्ध ओलीले अर्को प्रस्ताव पेश गर्ने

आज नेकपा सचिवालय बैठक : प्रचण्डको राजनीतिक प्रस्तावविरुद्ध ओलीले अर्को प्रस्ताव पेश गर्ने

  • 6.0K
    SHARES

  • आज नेकपा सचिवालय बैठक : प्रचण्डको राजनीतिक प्रस्तावविरुद्ध ओलीले अर्को प्रस्ताव पेश गर्ने

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।

    दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २८ गते पेश गरेको राजनीतिक प्रस्तावविरुद्ध प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम तय भएको छ ।

    प्रचण्डसहित सचिवालयका बहुमत सदस्यको १९ पृष्ठ लामो राजनीतिक प्रस्तावको जवाफ दिन आफूलाई १० दिनको समय चाहिने ओलीले बताएपछि मंसिर ३ गते बसेको सचिवलाय बैठक आजसम्मका लागि स्थगित भएको थियो ।

    ओलीले आफूमाथिका आरोप प्रमाणित भए आफूले पद छाड्ने र आरोप प्रमाणित नभएमा प्रचण्डले पद छाड्नुपर्ने बताएका थिए ।

    ३ गतेको सचिवालय बैठकमा प्रचण्डले पनि आफूले पेश गरेको प्रस्ताव पारित भएमा पार्टीको आधिकारीक प्रतिवेदन हुने र त्यसलाई मान्नुपर्ने तथा ओलीको प्रस्ताव पास भएमा आफू त्यसलाई मानेर जान तयार रहेको बताएका थिए ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology