• सोमवार, श्रावण ११ गते २०८३

प्रचण्डले मान्छे मार्ने आन्दोलन गर्न खोज्नुभएको छ - प्रधानमन्त्री ओली

प्रचण्डले मान्छे मार्ने आन्दोलन गर्न खोज्नुभएको छ - प्रधानमन्त्री ओली

प्रचण्डले मान्छे मार्ने आन्दोलन गर्न खोज्नुभएको छ - प्रधानमन्त्री ओली

  • 6.4K
    SHARES

  • प्रचण्डले मान्छे मार्ने आन्दोलन गर्न खोज्नुभएको छ - प्रधानमन्त्री ओली

     सिराहा- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले मान्छे मार्ने आन्दोलन गर्न खोजेको आरोप लगाएका छन् ।

    प्रचण्डले त आदमखोर आन्दोलन गर्न खोज्नुभएको हो भन्दै उनले भने, ‘ अब शाकाहारी आन्दोलन गरेर काम छैन भन्नुको मतलब मांसाहारी । मंसाहारी भन्नुको चिकेन चिल्ली खान खोजेको पक्कै होइन होला । उहाँले मान्छे मार्ने आन्दोलन गर्न खोज्नुभएको हो ।’

    प्रचण्डले ४ माघमा आफू निकट विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै शाकाहारी आन्दोलनले मात्र पुग्ने देखिँदैन, आक्रामक हुनुपर्‍यो’ भनेका थिए । त्यसको आलोचना भएपछि उनले आफ्नो आशय हिंसात्मक आन्दोलन नभएको बताएका थिए ।

    नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना नहुने दाबी गरे । ‘संसद बिघटनलाई असंवैधानिक रहेको तर्क वितर्क गरिरहका छन्,’ उनले भने, ‘संसद विघटन संवैधानिकै छ ।’

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology