• आइतवार, आश्विन ४ गते २०८३

भोलिको आम हड्तालको यी नेताहरुले गर्दै छन् नेतृत्व , रत्नपार्कमा प्रवक्ता श्रेष्ठ र शर्मा

भोलिको आम हड्तालको यी नेताहरुले गर्दै छन् नेतृत्व , रत्नपार्कमा प्रवक्ता श्रेष्ठ र शर्मा

भोलिको आम हड्तालको यी नेताहरुले गर्दै छन् नेतृत्व , रत्नपार्कमा प्रवक्ता श्रेष्ठ र शर्मा

  • 4.6K
    SHARES

  • भोलिको आम हड्तालको  यी नेताहरुले गर्दै छन् नेतृत्व , रत्नपार्कमा प्रवक्ता श्रेष्ठ  र शर्मा

    पुष्पकमल दाहाल प्रचण्ड - माधवकुमार नेपाल नेतृत्वको पार्टीले भोलिको आम हड्तालको कमान्डर तोकेको छ।

    जसअनुसार रत्नपार्कमा प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा जनार्दन शर्माले कमान्ड समाल्ने नेकपाले जनाएको छ।

    त्यस्तै कलङ्की चोकमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, बल्खुमा बेदुराम भुसाल र सातदोबाटोमा देव गुरुङ कमान्डर तोकिएका छन्।

    पुल्चोकमा पम्फा भुसाल, कोटेश्वरमा लीलामणि पोखरेल, चाबहिलमा वर्षमान पुन र हरिबोल गजुरेल, नारायणगोपालचोक महाराजगञ्जमा शक्ति बस्नेत ,गोंगबुमा भीम रावल, बालाजुमा रघुजी पन्त तोकिएका छन्।

    प्रतिनिधि सभा विघटनविरुद्ध केन्द्रीय संघर्ष समितिले सो कार्यक्रम राखेको हो।

    आम हड्तालमा विद्यालय, यातायात, उद्योग, कलकारखाना सबै बन्द गराउने सो पार्टीले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिइसकेको छ।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology