• सोमवार, श्रावण ११ गते २०८३

बालुवाटार हल्लाउने गरि पेरिसडाँडा बैठकबाट आयो यस्तो निर्णय ?

बालुवाटार हल्लाउने गरि पेरिसडाँडा बैठकबाट आयो यस्तो निर्णय ?

बालुवाटार हल्लाउने गरि पेरिसडाँडा बैठकबाट आयो यस्तो निर्णय ?

  • 15.9K
    SHARES

  • बालुवाटार हल्लाउने गरि पेरिसडाँडा बैठकबाट आयो यस्तो निर्णय ?

    नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीचको बैठक सकारात्मक बनेको छ ।

    शनिबार माओवादीको पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा ओली सरकारको विकल्पमा काँग्रेस, माओवादी केन्द्र र जसपाबीच संयुक्त छलफल गरेर निर्णयमा पुग्ने विषयमा समझदारी भएको बैठकपछि जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

    बैठकमा ओली सरकार घातक रहेको भन्दै तीन दलको गठबन्धन उपयुक्त हुने निष्कर्ष समेत निकालिएको छ । यसको लागि छिट्टै तीन दलको बैठक बसेर ठोस निष्कर्ष निकाल्ने समझदारी भएको यादवको भनाइ छ।

    यस्तै, माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनमा संलग्नमाथि दर्ता भएका मुद्दा फिर्तालगायतका जसपाको मागका विषयमा आजको बैठक सकारात्मक ढंगले अघि बढेको बताए ।

    यस्तै, जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले भने आफूहरुको उठाएका मुद्दाका कतिपय विषय प्रस्ट भइनसकेको भन्दै थप छलफल जरुरी रहेको बताए । ठाकुरले प्रधानमन्त्री केपी ओलीसँगै सहकार्य गर्नेबारे समेत छलफल गर्दै आएका छन् ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology