• सोमवार, श्रावण ११ गते २०८३

हामी एमालेको सिद्धान्त भन्दा पनि केपी ओलीको विचार र सिद्धान्तको पछि लागेका हौँ - टोपबहादुर रायमाझी

हामी एमालेको सिद्धान्त भन्दा पनि केपी ओलीको विचार र सिद्धान्तको पछि लागेका हौँ - टोपबहादुर रायमाझी

हामी एमालेको सिद्धान्त भन्दा पनि केपी ओलीको विचार र सिद्धान्तको पछि लागेका हौँ - टोपबहादुर रायमाझी

  • 12.5K
    SHARES

  • हामी एमालेको सिद्धान्त भन्दा पनि केपी ओलीको विचार र सिद्धान्तको पछि लागेका हौँ - टोपबहादुर रायमाझी

    काठमाडौं ।  उर्जामन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य टोपबहादुर रायमाझीले आफुहरुले सही विचार, सिद्धान्त र निष्ठाको राजनीति गर्ने र ति सबै सिद्धान्त, विचार र निष्ठाको राजनीति नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग मिल्ने भएकाले अब ओलीको साथ कुनैपनि हालतमा नछाड्ने बताएका छन् ।

    शनिबार रिपोर्टर्स नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता रायमाझीले आफूहरुको सिद्धान्त र विचार नेकपा एमाले भन्दा पनि प्रधानमन्त्री ओलीसंग मिल्ने भएकाले ओलीको पछाडी लागेको बताएका छन्। आफुहरुलाई मन्त्री र सांसद पद ठूलो नभएको बताए। 

    उनले भने,अब आफ्नो सांसद र मन्त्री पद गएपनि कुनै पनि हालतमा प्रचण्डको पछाडी नलाग्ने जिकिर गरेका छन ।

    ‘मन्त्री र सांसद पद जान्छ भन्ने हामीलाई चिन्ताको विषय होईन, ज्यान त छँदैछ नि । हामीलाई केही चिन्ता छैन ।’ उनले भने। 

    उनले प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिको लागि सही एजेण्डा बोकेकोले आफूहरु एमाले पार्टी भन्दापनि ओलीको विचारको पछि लागेको प्रतिक्रिया दिए ।

    उनले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरविरोध चर्किनुको कारण विचार र सिद्धान्तभन्दापनि अर्को पक्षले पद र प्रतिष्ठाको लागि मात्रै विरोध गरेको टिप्पणी समेत गरे ।

    एमाले नेपाल–खनाल समूहले तोक्यो प्रदेश र विभागका इन्चार्ज : कसलाई के जिम्मेवारी ?

    नेकपा (एमाले) माधव नेपाल र झलनाथ खनाल पक्षले पार्टीको प्रदेश इन्चार्ज र विभागको जिम्मेवारी तोकेको छ। 

    शनिबार बसेको केन्द्रीय कमिटी बैठकबाट नेपाल–खनाल समूहले पार्टी नेतालाई प्रदेश र विभागको जिम्मेवारी तोकेको हो । 

    नेता भीम रावलका अनुसार बैठकले प्रदेश १ को इन्चार्जको जिम्मेवारी भीम आचार्यलाई दिएको छ । प्रदेश २ को इन्चार्ज घनश्याम भुसाल बनेका छन् भने बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य छन् । शाक्यलाई महिला विभागकोसमेत जिम्मेवारी दिइएको छ । 

    त्यसैगरी गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी सुरेन्द्र पाण्डेले पाएका छन् भने लुम्बिनी र कर्णाली प्रदेशको जिम्मेवारी युवराज ज्ञवालीलाई दिइएको छ । सुदूरपश्चिम प्रदेशको जिम्मेवारी भने भीम रावल स्वयम्ले पाएका छन् । 

    बैठकले रघुजी पन्तलाई युवा इन्चार्ज, गोकर्ण विष्टलाई विद्यार्थी इन्चार्जको जिम्मेवारी दिइएको छ । 

    शुक्रबार मात्र बालुवाटारमा बसेको एमाले केपी ओली समूहको बैठकले माओवादी नेतालाई प्रदेशको जिम्मेवारी दिएपछि नेपाल समूहले शनिबार यस्तो निर्णय गरेको हो ।

    ओलीले शुक्रबार प्रदेश इन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारीसमेत हेरफेर गरेका थिए। 

    अष्टलक्ष्मी शाक्यलाई हटाएर ओलीले रामबहादुर थापा  'बादल'लाई  बागमती प्रदेश इन्चार्ज  बनाएका थिए भने सूदुरपश्चिममा भीम रावललाई हटाएर लेखराज भट्टलाई  प्रदेश इन्चार्ज बनाएका हुन् ।  

     प्रदेश १ को इन्चार्ज सुवास नेम्वाङ, अध्यक्ष देवराज घिमिरे र सचिव विनोद ढकाल बनेका छन्।  त्यसैगरी प्रदेश २ को इन्चार्ज सत्यनारायण मण्डल बनेका छन् भने अध्यक्ष प्रभु शाह बनेका छन्। सचिवको जिम्मेवारी सुमन प्याकुरेललाई दिइएको छ। 

    बागमती प्रदेशको इन्चार्ज रामबहादुर थापा ‘बादल’, अध्यक्ष आनन्द पोखरेल र सचिव खेम लोहनी बनेका छन्। गण्डकी प्रदेशको इन्चार्ज पृथ्वीसुब्बा गुरुङ, इन्चार्ज जगत विश्वकर्मा र सचिव भूमी त्रिपाठी बनेका छन्। 

    लुम्बिनी प्रदेश इन्चार्ज शंकर पोखरेल, अध्यक्ष लीला गिरी र सचिव खेममान खड्का बनेका छन्। कर्णाली प्रदेशको इन्चार्ज कमलाल कँडेल बनेका छन् भने अध्यक्षको जिम्मेवारी गुलाबजंग शाह र सचिव धर्मराज रेग्मी बनेका छन्। 

    सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट बन्दा अध्यक्षको कर्ण थापा र सचिव राजेन्द्रसिंह रावल बनेका छन्। 

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology