• सोमवार, श्रावण ११ गते २०८३

बाबुरामलाई प्रधानमन्त्री बनाउन प्रचण्डको साथ, रातारात बन्ने भयो यस्तो समिकरण

बाबुरामलाई प्रधानमन्त्री बनाउन प्रचण्डको साथ, रातारात बन्ने भयो यस्तो समिकरण

बाबुरामलाई प्रधानमन्त्री बनाउन प्रचण्डको साथ, रातारात बन्ने भयो यस्तो समिकरण

  • 20.3K
    SHARES

  • बाबुरामलाई प्रधानमन्त्री बनाउन प्रचण्डको साथ, रातारात बन्ने भयो यस्तो समिकरण

    काठमाडौं - नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धनको आगामी बन्ने सरकारमा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्रीका दाबेदार देखिएका छन् । भट्टराईलाई  प्रधानमन्त्री बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कम्मर कसेर लागेको बुझिएको छ ।

    नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी तीनै दलबीच विभिन्न तहमा छलफल अगाडि बढिरहेको छ ।

    जनता समाजवादी पार्टीले आज आन्तरिक बैठक बसेर सत्ता समिकरणका लागि सहमतिको प्याकेजसहित काँग्रेस र माओवादी केन्द्रसँग कुराकानी अगाडि बढाउँने प्रस्ताव तयार पारेको छ। यसपटक जसपाले सरकारको नेतृत्वको दाबी गर्दै दुवै पार्टीलाई प्रस्ताव लाने निर्णय भएको छ । जसपा निकट समाचार स्रोतको दाबि छ ।

    कसको सम्भावना कति ?

    वर्तमान राजनीतिलाई हेर्दा प्रचण्ड प्रधानमन्त्री बन्ने रेसमा छैनन् । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व गरि प्रधानमन्त्रीको दाबेदार हुन् । तर, उनलाई पार्टीको  वरिष्ठ  नेता  रामचन्द्र पौडेल समुहले बाहिर बसेर ओली बाहेकको सरकारलाई समर्थन गर्न जोड दिइरहको छ । काँग्रेस आन्तरिक रुपमा समिकरणमा आफ्नो पोजिशन र कसलाई समर्थन गर्ने भन्ने निर्णय गर्न सकिरहेको  छैन।

    संविधान संशोधन र रेशम चौधरी लगायतको रिहाइलाई मूख्य मुद्दालाई सरकारमा जाने सर्त बताउने जसपा पनि कांग्रेस जस्तै सरकारमा कसलाई समर्थन गर्ने भन्ने विषयमा टुंगो लगाउन सकेको छैन । तर, जसपाका अध्यक्ष महन्थ ठाकुर र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्रीका दाबेदार देखिएका हुन् । 

    जसपाको नेतृत्वलाई माओवादी केन्द्रले पनि साथ दिने वचन दिइसकेको अवस्थामा काँग्रेस सभापति शेरबहादुर देउवा तयार हुँदा जसपाको नेतृत्व लगभग निश्चित छ । 

    देउवा कि आफू प्रधानमन्त्री बन्ने कि ठाकुरलाई साथ दिने पक्षमा छन् । पौडेल समूह र प्रचण्ड कुनै पनि हालतमा डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री बनाउने पक्षमा छन् । नेकपा माओवादि केन्द्र निकट एक स्रोतको दाबि छ - डाक्टर बाबुराम भट्टराईले अन्त्राष्ट्रिय समर्थन समेत पाइसकेकाले उनि प्रधानमन्त्री बन्ने लगभग निश्चित प्राय: छ । 

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology