• सोमवार, श्रावण ११ गते २०८३

अब केपी ओली सरकारको आयू जम्मा २ दिन बाँकी !

अब केपी ओली सरकारको आयू जम्मा २ दिन बाँकी !

अब केपी ओली सरकारको आयू जम्मा २ दिन बाँकी !

  • 18.0K
    SHARES

  • अब केपी ओली सरकारको आयू जम्मा २ दिन बाँकी !

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले अब ओली सरकारको आयू जम्मा २ दिन रहेको बताएका छन्।

    माओवादी केन्द्रको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग आज कुराकानी गर्दै नेता पुनले चैत ५ गते जसपाको बैठक रहेको र त्यो बैठकपछि नयाँ सरकार बन्ने दाबी गरेका हुन् ।

    चैत ५ गते जसपाको बैठक छ। त्यो बैठकपछि सत्ता समीकरणले मुर्त रूप लिन्छ, उनले भने, कांग्रेस, माओवादी केन्द्र र जसपाका बीचमा गठबन्धन बन्छ। आज बसेको संसदीय दलको बैठकले दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै कायम राख्ने निर्णय गरेको उनले बताए । एमालेमा गएका नेताहरूलाई पार्टीमा फर्कनसमेत समय दिइएको उनको भनाइ छ ।

    यसैबीच नेकपा एमाले एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

    मंगलबार एमाले एकता राष्ट्रिय अभियान कार्यसम्पादन समितिको पूर्ण बैठकमा मन्तव्य राख्दै संयोजक गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्न प्रधानमन्त्री ओलीलाई आफूले आग्रह गरेको जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको समस्या समाधानका लागि प्रयत्न गर्न र अन्तरविरोध समाधान गराउन भूमिका खेल्नुपर्ने पनि उनको भनाइ छ ।

    अब तपाईंको नेतृत्वको सरकार अनि त्यसको समर्थनमा वामपन्थीहरु नआउने सरकार, त्यसरी नचलाउनुस् । तपाईंले आह्वान गर्नुस् कि हामी फेरि पनि वामपन्थी सरकार दिन चाहन्छौं, त्यसो भएर नेपालका कम्युनिष्ट पार्टीहरु सबैसित म हार्दिक आह्वान गर्छु कि हामीसित वार्तामा आउनुस्, सँगै बसौं र देशलाई अगाडि बढाउनको निम्ति हातेमालो गरौं भन्नुस् र वामपन्थी सरकार बनाउने हो भने त्यसको फेरि पनि मुख्यशक्ति नेकपा एमाले र नेकपा माओवादी केन्द्र हुनेछन् र तपाईंले प्रचण्डलाई बोलाएर तुरुन्तै अनुरोध गर्नुस् ।

    एमालेभित्र अहिले समस्या रहेको भन्दै नेता गौतमले एमालेको जिम्मेवारी एकताबद्ध भएर मात्रै पूरा गर्न सकिने भएकाले पहल गर्न अध्यक्ष ओलीलाई आग्रह गरेको बताए । एमालेभित्रै अहिले समस्या देखियो । मुख्य व्यक्तिहरुलाई बोलाएर तपाईंले अनुरोध गर्नुस् । अत्यन्त सम्मानपूर्ण व्यवहार गर्नुस् । र हामी फेरि एकताबद्ध भएर जान्छौं । हामीले गर्नुपर्ने काम धेरै छन् र त्यो राष्ट्रिय जिम्मेवारी नेकपा (एमाले) को हो ।

    त्यो एमालेको जिम्मेवारी हामीले एकताबद्ध गरेरमात्रै पूरा गर्न सक्छौं त्यसो भएर तपाईंले यो आह्वान गर्नुस् । सुरु गर्नुस् भनेर मैले अनुरोध गरें । संयोजक गौतमले माधव नेपाल समूहले छुट्टै गतिविधिहरु सञ्चालन गर्न थालेको भन्दै त्यसलाई रोक्न प्रधानमन्त्री ओलीले फागुन २८ गते केन्द्रीय कमिटीको बैठकको नाममा गरिएको विधानविपरीत निर्णय फिर्ता गर्नुपर्ने बताए ।

    नेपालका सबै कम्युनिष्ट पार्टीहरुलाई राजनीतिक संयुक्त मोर्चामा ल्याउने गरी आफू अगाडि बढेको गौतमको भनाइ छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology