• सोमवार, श्रावण ११ गते २०८३

प्रचण्डले भने - केपी ओली विदेशी प्रतिक्रियावादीसँग मिलेर संविधान नै खान खोज्ने महाठग रैछन्

प्रचण्डले भने - केपी ओली विदेशी प्रतिक्रियावादीसँग मिलेर संविधान नै खान खोज्ने महाठग रैछन्

प्रचण्डले भने - केपी ओली विदेशी प्रतिक्रियावादीसँग मिलेर संविधान नै खान खोज्ने महाठग रैछन्

  • 5.2K
    SHARES

  • प्रचण्डले भने - केपी ओली  विदेशी प्रतिक्रियावादीसँग मिलेर संविधान नै खान खोज्ने  महाठग रैछन्

    काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी प्रतिक्रियावादीसँग मिलेर संविधान नै खाने, संघीयता नै खान खोजेको  बताएका छन्  । सिन्धुलीमा पार्टीका नेता कार्यकर्तासँगको भेटघाटमा उनले यो ३ वर्ष ओलीलाई आफूले राम्रोसँग चिनेको बताउँदै २००७ सालपछिको  संघर्षका उपलब्धिमाथि षडयन्त्र गर्ने खोजेको महा ठग भनि कडा टिप्पणी गरेका छन् ।

    उनले दुई पार्टि एकताको प्रस्तावक आफु नै रहेको बताउँदै त्यसको मर्म सही रहेपनि प्रधानमन्त्री ओलीकै कारण यो अवस्था आएको बताए ।

    उनले बहने - "मलाई प्रधानमन्त्री चाहिएन पाँचै वर्ष तिमी नै खाउ पनि भनियो । तर उनले चाही कुनै कुरा पालना गर्ने कुरा भएन् । बरु उल्टै विदेशी प्रतिक्रियावादीसँग मिलेर संविधान नै खाने, संघीयता नै खान खोजे । "

    पार्टि एक हुँदाताकाको पुराण दिन कोट्याउदै प्रचण्डले भने - " महाधिवेशनसम्म आलोपालो अध्यक्षता गर्ने, प्रधानमन्त्री पनि आलोपालो गर्ने भन्नेमा हस्ताक्षर छ । त्यहाँ गल्ती भएको त हैन । यहाँसम्म आइपुगेर के थाहा भयो भने केपी ओली मान्छेचाहिं महाठग रैछन् ।  राजनीतिमा मान्छेले अलिअलि जालझेल त गर्छन् तर यस्तो ठग त हुँदैनन् ।"

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology