• सोमवार, श्रावण ११ गते २०८३

केपी ओलीलाई साइजमा ल्याउन प्रचण्डको यस्तो घोषणा, प्रतिगामी सरकारलाई झड्का

केपी ओलीलाई साइजमा ल्याउन प्रचण्डको यस्तो घोषणा, प्रतिगामी सरकारलाई झड्का

केपी ओलीलाई साइजमा ल्याउन प्रचण्डको यस्तो घोषणा, प्रतिगामी सरकारलाई झड्का

  • 5.4K
    SHARES

  • केपी ओलीलाई साइजमा ल्याउन प्रचण्डको यस्तो घोषणा,  प्रतिगामी सरकारलाई  झड्का

    काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेका  छन् ।  

    बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियामा राजनीतिक र नैतिक ढंगले म अब धेरै दिन पर्खिन सक्दिन भन्दै   प्रचण्डले भने, ‘ प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबर्जस्त दबाब रहेको छ।  हत्तपत्त समर्थन फिर्ता लिने हो भने झन् उल्टो पर्छ है भन्ने छ ।' 

    संसद विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक भनेर सडकमा गएका दलहरुबीच अबको राजनीतिक निकासबारे न्यूनतम सहमति होस् भन्नको लागी आफू प्रयासरत रहेको पनि प्रचण्डले बताए । प्रचण्डले अघि भने, ‘अविश्वासको प्रस्ताव दर्ता र समर्थन फिर्ता सँगसँगै होस् भन्नका निम्ति मात्र मैले दाह्रा किटेर समर्थनलाई एकदुई दिन रोकेको मात्र हो ।’

    नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युँताउने अस्वाभाविक फैसला आएको भन्दै उनले यसमा आफूहरुको असहमति रहेको बताए । त्यसविरुद्ध आफूहरु पुनरावलोकनमा जान लागेको भन्दै उनले भने, ‘यसलाई करेक्सन गरिनुपर्छ ।’

     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology