काठमाडौं - नेकपा माओवादी (केन्द्र) का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले आफू विरुद्ध षडयन्त्र गरिरहेको बताएका छन् । आफ्नो कारणले नेकपाको एकता असफल भएको ओलीको भनाइ षड्यन्त्रणपूर्ण रहेको भन्दै प्रचण्डले भर्त्सना गरेका छन् ।
ट्वीट गर्दै प्रचण्डले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’

एकैदिन २ पटक भेटे देउवालाई
प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एकैदिन दुईपटक भेटेका छन्। सोमबार विहान नेकपा एमालेले निष्कासन गरेका नेता माधवकुमार नेपाललाई भेटेलगत्तै पनि कांग्रेस सभापति देउवालाई भेटेका थिए ।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमलगत्तै प्रचण्ड देउवा निवास बुढानिलकण्ठ लागेका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेलगत्तै पनि प्रचण्ड–देउवा–नेपालबीच बारम्बार भेटवार्ता भइरहेको छ ।