• सोमवार, श्रावण ११ गते २०८३

संयुक्त विद्यार्थी सङ्गठनले घोषणा गर्यो संघर्षको कार्यक्रम

संयुक्त विद्यार्थी सङ्गठनले घोषणा गर्यो संघर्षको कार्यक्रम

संयुक्त विद्यार्थी सङ्गठनले घोषणा गर्यो संघर्षको कार्यक्रम

  • 5.8K
    SHARES

  • संयुक्त विद्यार्थी सङ्गठनले घोषणा गर्यो संघर्षको कार्यक्रम

    मिति :- २०७८/०३/१८ प्रेस नोट आज मिति २०७८ / ०३/ १८ गते राजनीतिक , संवैधानिक र शैक्षिक क्षेत्रमा ब्याप्त प्रतिगमन र वेथितिका विरुद्ध आन्दोलनरत पाँच विद्यार्थी संगठनको संयुक्त वैठक वसी तपशील वमोजिमको निर्णय गरियो । १) २०७८ आषाढ १९ गते शनिबार ७७ वटै जिल्लामा मषाल जुलुस सहित प्रदर्शन गर्ने । २) २०७८ आषाढ २० गते प्रतिगमनका विरुद्ध विद्यार्थी आन्दोलनका पुर्व अध्यक्ष / नेताहरू संग अन्तर्क्रिया कार्यक्रम गर्ने । ३) २०७८ आषाढ २१ गते संविधान जोगाउन , संविधानको प्रति प्रदर्शन गर्ने । उपत्यकामा माइतीघर मण्डला र उपत्यका वाहिर प्रत्येक जिल्लामा । ४) त्रिभुवन विश्वविद्यालयमा एम.फिल. पिएचडी.मा वढाएको शुल्कवृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थीहरुको सङ्घर्षप्रति ऐक्यबद्धता जनाउँदै वढाइएको शुल्क तत्काल फिर्ता गर्न जोडदार माग गर्दछौं । ५) रि-इन्सुरेन्स कम्पनी दर्ता गर्दा सरकारले ब्यापक रुपमा चलखेल गरी ठूलो मात्रामा अनियमिता गरेको पाइएकाले तत्काल छानबिन गर्न जोडदार माग गर्दछौं । ६) कोरोना कहरका विरुद्ध ज्यानको वाजी थापेर सवैभन्दा अग्रभागमा लडिरहेका स्वास्थ्यकर्मीहरुको सम्मानमा विद्यार्थी नेता डोजाङ् शेर्पाको नेतृत्वमा रत्नपार्कमा वनाइएको भित्तेचित्र मेटेर काठमाडौं महानगरपालिकाले अत्यन्तै आपत्तिजनक कार्य गरेको छ। स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने यस निन्दनीय कार्यको घोर भर्त्सना गर्दै कामनपाका मेयरलाई तत्काल माफी माग्न आग्रह गर्दछौं । ७) चिकित्सा शिक्षा आयोगले लिने प्रवेश परिक्षामा प्रत्येक ७२ घण्टामा पटकपटक पिसिआर टेस्ट गर्नुपर्ने प्रावधान अत्यन्तै अब्ययवहारिक रहेको छ । ५ वटा सम्म परिक्षा दिने विद्यार्थीलाई पहिलोपटक गरिएको पिसिआर टेस्ट वा एन्टिजेन्ट टेष्टलाई मान्यता दिई परिक्षामा सामेल गरियोस् । ८) राजनीतिक , संवैधानिक र शैक्षिक प्रतिगमनका विरुद्ध आन्दोलनरत विद्यार्थी नेता तथा कार्यकर्ताहरुमाथि गरिएको निरसंश प्रहरी दमनको घोर निन्दा र भर्त्सना गर्दै सम्पुर्ण घाइते विद्यार्थी नेताहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । राजिव ढुंगाना अध्यक्ष नेपाल विद्यार्थी संघ रञ्जित तामाङ अध्यक्ष अखिल (क्रान्तिकारी) सुदेश पराजुली अध्यक्ष अनेरास्ववियु रूपनारायण श्रेष्ठ अध्यक्ष समाजवादी विद्यार्थी युनियन विमल पोखरेल अध्यक्ष अखिल (छैठौ)

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology