महादेव यदाबको निधनप्रति प्रचण्ड द्वारा शोक बक्तब्य व्यक्त
महादेव यदाबको निधनप्रति प्रचण्ड द्वारा शोक बक्तब्य व्यक्त
6.1K
SHARES
शोक वक्तव्य हाम्रो पार्टीका केन्द्रीय सदस्य कमरेड महादेव यादवको निधनको खबरले दुःख लागेको छ । दिवंगत कमरेड यादव लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । ५७ वर्षीय यादवको सोमबार बेलुका धनुषा जनकपुरस्थित आफ्नै निवासमा निधन भएको हो । उहाँका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ । उहाँले २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिक जीवन सुरु गर्नुभएको थियो । २०४८ सालमा जागिर छोडेर कमरेड यादव तत्कालिन जनमोर्चाको तर्फबाट बालबाखर गाविस (हाल सहिद नपा–१) को उपाध्यक्ष बन्नुभएको थियो । उहाँ महान् सहिद रामबृक्ष यादवलाई आदर्श मान्दै मुक्तिकामी आन्दोलनहरुमा सक्रिय सहभागी बन्नुभएको थियो । महान् जनयुद्धमा सक्रियतापूर्वक सहभागी यादव सरल, जुझारु र क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली कम्युनिष्ट आन्दोलनले एक संघर्षशील कमरेड गुमाएको छ भने हाम्रो पार्टीले समर्पित सहकर्मी गुमाएको छ । कमरेड यादवको निधनले देश, पार्टी र समुदायमा अपूरणीय क्षति भएको छ । आन्दोलन प्रतिको समर्पण, वर्गीय मुक्ति, देशभक्ति र निजी स्वार्थको तिलाञ्जली जस्ता दिवंगत कमरेड यादवका आदर्श पक्ष कम्युनिष्ट आन्दोलनका लागि प्रेरणादायी र अनुकरणीय हुनेछन् । हाम्रो पार्टी उहाँप्रति क्रान्तिकारी अभिवादन सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । २२ असार, २०७८ ...................... पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष