असार २४ गते सयुक्त विद्यार्थी सङ्गठनले सिठ्ठी जुलुस गर्ने।
असार २४ गते सयुक्त विद्यार्थी सङ्गठनले सिठ्ठी जुलुस गर्ने।
6.4K
SHARES
मिति :- २०७८/०३/२२ आज २०७८ असार २२ गते देशका जिम्मेवार पाँच विद्यार्थी संगठनको बैठक अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय, बागबजारमा बस्यो । बैठकले गरेका निर्णय यस वक्तव्यमार्फत् सार्वजनिक गरिएको छ । १. संयुक्त विद्यार्थी संगठनले संसद विघटन, केपी ओलीको निरंकुशता, अधिनायकवाद र स्वेच्छाचारी शासनको विरुद्धमा सञ्चालन भएको पहिलो चरणको आन्दोलन सफल भएको समीक्षा गरिएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनर्स्थापना गर्ने कुरामा संयुक्त विद्यार्थी आन्दोलन विश्वस्त रहेको छ । २. धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीको मण्डलीद्वारा गरिएको अनियमितता, भ्रष्टाचार, निजीकरण र माफियाकरणले प्रतिष्ठान धरासायी हुने अवस्थामा पुगेको छ। सीटी स्क्यान, एमआरआइ र महत्त्वपूर्ण ल्याब परीक्षणलाई ध्वस्त बनाइएको छ । प्रतिष्ठानमा देखिएको सबै समस्याको जड उपकुलपति भएको हुनाले निजको बर्खास्तीको माग गर्दै त्यहाँ सञ्चालन भइरहेको आन्दोलनमा ऐक्यबद्धता प्रकट गर्दछौं । ३. शिक्षक सेवा आयोगले लामो समयसम्म परीक्षा बन्द गरेकोले देशभर हजारौं शिक्षक दरबन्दी खाली भएका कारण पठनपाठनमा गम्भीर असर पुगेको छ भने परीक्षाको तयारीमा रहेका लाखौं उम्मेदवार विद्यार्थी मर्कामा परेका छन् शिक्षक सेवा आयोगको परीक्षा लिने प्रक्रिया तत्काल अगाडि बढाउन माग गर्दछौं ४. हिमालयन पुनर्बीमा कम्पनीको लाइसेन्स दिंदा बीमा समितिले विधि र प्रक्रिया मिचेको तथा अरबौं आर्थिक चलखेल गरिएकोले पुनर्बीमा कम्पनीको लाइसेन्स प्रक्रिया तत्काल रोकी दोषीलाई कडा कारवाही गर्न माग गर्दछौं ५. चितवनमा २२ वर्षीया सुजिता भण्डारीको रहस्यमय मृत्युको अबिलम्ब छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गर्दछौं । भण्डारी बेपत्ता भएको ९ दिनसम्म गम्भीरतापूर्वक अनुसन्धान नगरिनु जनताको जीवनरक्षा र शान्तिसुरक्षाप्रति सरकार गैरजिम्मेवार र पङ्गु भएको यो घटनाबाट पुष्टि भएको छ । ६. प्रतिगमन विरुद्धको आन्दोलनका लागि निम्नअनुसारका थप कार्यक्रम घोषणा गरिएको छ : --असार २४ गते देशव्यापी सिट्ठी जुलुस -- असार २७ गते माइतीघरमा शंख फुकेर विरोध प्रदर्शन रूपनारायण श्रेष्ठ राजिब ढुंगाना अध्यक्ष नेपाल विद्यार्थी संघ रञ्जित तामाङ सुदेश पराजुली अध्यक्ष अखिल (क्रान्तिकारी) अध्यक्ष अनेरास्ववियु बिमल पोखरेल अध्यक्ष समाजवादी विद्यार्थी युनियन अध्यक्ष अखिल (छैठौं)