• सोमवार, श्रावण ११ गते २०८३

देश दुर्घटनाबाट बच्यो : प्रचण्ड

देश दुर्घटनाबाट बच्यो : प्रचण्ड

देश दुर्घटनाबाट बच्यो : प्रचण्ड

  • 5.5K
    SHARES

  • देश दुर्घटनाबाट बच्यो : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड )ले आफूले अमेरिकी सहयोग परियोजना एमसीसी हुबहु पारित नगर्न व्याख्यात्मक टिप्पणीको मार्ग गरेको बताएका छन्।

    एमसीसी पारितपछि सोमबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले विषयलाई ठीक ढंगले ह्यान्डल गर्न नसक्दा शान्ति प्रक्रिया खतरामा पर्ने र संविधान नै डिरेल हुने खतरा देखेको दाबी समेत गरे ।

    ‘एमसीसीविरुद्ध आएका घटनाक्रमले शान्ति प्रक्रिया नै खतरामा पर्ने र संविधान नै डिरेल हुने खतरा देखेँ मैले,’ उनले भने।  एमसीसीमा राष्ट्रिय सहमति बनोस् भन्ने आफ्नो चाहना रहेको र सबै मिलेर जाउँ भन्ने मनसायले एमसीसी मुख्यालयलाई पत्र पठाएको हो ।

    अध्यक्ष प्रचण्डले संविधान र देशलाई दुर्घटनाबाट जगाउन सफल भएकोमा खुसी व्यक्त गरे। ‘हिजो एमसीसी पारित भएपछि म निकै खुसी छु। देश दुर्घटनाबाट बच्यो। संविधान बच्यो,’ उनले भने, ‘गठबन्धन बच्ने कुरा त त्यति ठूलो होइन। किनभने पोहोर  साल हामीले देख्यौं। फेरि त्यही प्रवृत्ति एक ठाउँमा आयो भने अप्ठेरो हुन्छ। त्यसबाट बचेको छ। यसले कानुनी र वैधानिक बाटो प्राप्त गरेको छ।’

    अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले नै बालकोट पठाएको समेत दावी  गरेका छन् । प्रचण्डले एमसिसीको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री देउवालाई आफूले नै बालकोट पठाएको दाबी गारे ।

    प्रचण्डले भनेका छन्,‘बरु बालकोटमा नै गएर ओलीलाई भेट्नुस्। ‘उहाँलाई मैले नै बालकोट पठाएको हो। उनले एमसीसी पारित भएसँगै गठबन्धन जोगिएको र अब सरकार पनि कायम रहने बताएका छन्।

    उनले एमसीसी पारित गर्नुअघि सरकार परिवर्तन हुने हो कि भन्ने अवस्था आएको तर अब परिवर्तन नहुने स्पष्ट भएको समेत  बताए।

    ‘एमसीसीलई लिएर बहस भए, सबैभन्दा बढी माओवादी केन्द्र र म माथि थुप्रै टिप्पणी भए,हिजो निकास दिइयो,’प्रचण्डले भने, ‘अर्को समीकरण बन्ने हो कि भन्ने थियो। सबै अन्योल अन्त्य भएको छ, गठबन्धन कायम रहन्छ सरकार अगाडि जान्छ र चुनावमा केन्द्रित हुन्छौँ।’

     माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीको विवाद अब सकिएको बताउदै  एमसीसी संसदबाट पारित भएसँगै अर्को राजनीतिक समीकरण बन्ने स्थिति अन्त्य भएको पनि बताए ।

    उनले एमसीसी विवाद टुंगिएसँगै अब देश निर्वाचनमा गएको बताउदै  दुई दुई पटक प्रतिनिधिसभा विघटन गरिएकाले बाध्यतावश लोकतन्त्र रक्षाका लागि गठबन्धन बनाउनुपरेको बताए।

    ‘पटक पटक देशमा राजनीतिक स्थिरता भएको थियो। गठबन्धन बनेपछि अब त स्थिरता होला भनेको एमसीसी आइदियो,’ उनले भने, ‘यो प्रक्रियामा माओवादी केन्द्र र ममाथि जोडियो, मलाई धेरै आरोपित बनाईयो ।’

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology