• सोमवार, श्रावण ११ गते २०८३

चुनावमा कुनैपनि हालतमा माओवादीसँग गठबन्धन गर्ने देउवाको अडान , गगन थापाहरुको गयो सातो

चुनावमा कुनैपनि हालतमा माओवादीसँग गठबन्धन गर्ने देउवाको अडान , गगन थापाहरुको गयो सातो

चुनावमा कुनैपनि हालतमा माओवादीसँग गठबन्धन गर्ने देउवाको अडान , गगन थापाहरुको गयो सातो

  • 4.0K
    SHARES

  • चुनावमा कुनैपनि हालतमा माओवादीसँग गठबन्धन गर्ने देउवाको अडान , गगन थापाहरुको गयो सातो

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७४ सालको संसदीय चुनावमा गठबन्धन नहुँदा आफूले बालबाल जितेको भन्दै अबको चुनावमा गठबन्धन गरेरै जानु पर्ने बताएका छन् ।

    केन्द्रीय कार्य समिति बैठकमा शेखर कोइरालासहितका केही नेताले गठबन्धनको विरोधमा कुरा राखेपछि सभापति देउवाले गठबन्धन गरेर जाँदा नै सबैले जित्ने बताए ।

    ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार,’ केन्द्रीय समिति बैठकमा उनले प्रश्न गरे, ‘गठबन्धन नगरी कसरी हुन्छ ? पहिला धेरै साथीले हारेका हैनन् र ?’

    विगतमा माओवादीले आफूलाई समेत गोली हानेकै प्रशंग निकाल्दै देउवाले पुराना कुरा भुलेर माओवादीसँग गठबन्धन गरेर नै अघि बढ्नु पर्ने बताए ।

    उनले भने, ‘मेरो आइडोलोजीमा शंका नगर्नुहोस, धेरै लडेको मान्छे हुँ, म अब फेरि पार्टी सभापति हुने होइन, अहिलेको अवस्था त हेर्नु पर्‍यो नि ।’

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology