• सोमवार, श्रावण ११ गते २०८३

गठबन्धनप्रति १२ बुँदे सम्झौताका हस्ताक्षरकर्ताहरू दृढ छौं : प्रचण्ड

गठबन्धनप्रति १२ बुँदे सम्झौताका हस्ताक्षरकर्ताहरू दृढ छौं : प्रचण्ड

गठबन्धनप्रति १२ बुँदे सम्झौताका हस्ताक्षरकर्ताहरू दृढ छौं : प्रचण्ड

  • 4.5K
    SHARES

  • गठबन्धनप्रति १२ बुँदे सम्झौताका हस्ताक्षरकर्ताहरू दृढ छौं : प्रचण्ड

    रोल्पा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा पार्टीले आफ्नै तागतमा चुनाव जित्ने दाबी गरेका छन्। रोल्पामा सोमबार आयोजित कार्यक्रममा उनले भने, ‘गठबन्धनको बलमा होइन। आफ्नै पार्टीको तागतमा स्थानीय चुनावमा जाने र जित्ने हो।’

    उनले गठबन्धन र तालमेल गर्नेबारे पनि ध्यान दिने बताए। प्रचण्डले आगामी निर्वाचनमा गठबन्धनले रेकर्ड बनाउने मान्यताबाट आफूहरू अगाडि बढिरहेको पनि बताए। उनले गठबन्धन टुटाउनका लागि चलखेलहरू भइरहेको बताए।

    ‘गठबन्धनलाई टुटाउनका लागि देशभित्र र बाहिरबाट धेरै चलखेलहरू भए। अझै पनि चलखेल भइरहेका छन्,’ उनले भने, ‘तर, आज पनि हामी बाह्र बुँदे समझदारीका सहयात्री, शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरू दृढताका गठबन्धनलाई कायम राख्ने र आगामी निर्वाचनमा पनि हामीले एउटा रेकर्ड बनाएर जानुपर्छ भन्ने मान्यताबाट अगाडि बढिरहेका छौं।’

    उनले गत साल झण्डैझण्डै प्रतिगमन हुने र संविधानमा प्राप्त उपलब्धि उल्टिने खतरा पैदा भएको उनले बताए। ‘त्यसका विरुद्ध पनि हामीले आन्दोलन लड्यौं। नयाँ खालको आन्दोलन गर्‍यौं र त्यसमा हामी सफल पनि भयौँ। त्यसपछि गठबन्धन बनाएर अहिले गठबन्धनको सरकार छ,’ उनले भने।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology