• आइतवार, आश्विन ४ गते २०८३

उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा थप्न सिफारिस

उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा थप्न सिफारिस

उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा थप्न सिफारिस

  • 8.2K
    SHARES

  • उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा थप्न सिफारिस

    काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा थप्न सिफारिस गरिएको छ ।

    काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको बैठकले भदौ १० गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्न सिफारिस गरिएको हो । 

    उपत्यकाका तीन जिल्लाको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले १० गतेसम्मको निषेधाज्ञा एक साता थप गर्ने निर्णय गर्दै सिफारिस गृहमन्त्रालयमा पठाएको छ।

    बैठकमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार सिफारिस स्वीकृत भए लगत्तै उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा रहने छ। 

    बैठकमा काठमाडौंका सीडीओ जनकराज दाहाल, भक्तपुरकी सीडीओ हुमकला पाण्डे र ललितपुरका सीडीओ नारायण  भट्टसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सहभागी थिए। 

    मंगलबार उपत्यकामा २३२ सहित थप ८५५ संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या भने ३३ हजार ५३३ पुगेको छ।

    कोरोनाबाट मृत्यु हुनेको संख्या भने १६४ पुगेको छ। 

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology