• सोमवार, श्रावण ११ गते २०८३

बर्दियामा जारी निषेधाज्ञा राति १२ बजेदेखि हट्ने

बर्दियामा जारी निषेधाज्ञा राति १२ बजेदेखि हट्ने

बर्दियामा जारी निषेधाज्ञा राति १२ बजेदेखि हट्ने

  • 13.5K
    SHARES

  • बर्दियामा जारी निषेधाज्ञा राति १२ बजेदेखि हट्ने

     जिल्ला प्रशासन कार्यालय बर्दियाले आज राति १२ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको छ।

    प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अध्यक्षतामा आज बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको जिप्रकाका सूचना अधिकारी नारायणप्रसाद ढकालले जानकारी दिए।

    जिप्रकाले यही भदौ ६ गतेदेखि लागू हुने गरी बिहान ९ देखि साँझ ५ बजेसम्म व्यापारव्यवसाय सञ्चालन हुने र राति ९ देखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। यस्तै जिल्लाभर सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गरिने, चाडपर्वलगायत धार्मिकसांस्कृतिक कार्य गर्नका लागि हुने जमघट गर्न नपाइने तथा शैक्षिक संस्था, सभा, गोष्ठी, तालीम, शैलून, ब्युटी पार्लर, जिमखाना सञ्चालन गर्न नपाइने निर्णय भएको सूचना अधिकारी ढकालले जानकारी दिए ।

    पछिल्लो समय जिल्लाभित्र समुदायस्तरमा कोरोना संक्रमण देखा परेपछि जिप्रकाले जिल्लाभर लागू हुने गरी गत साउन २५ गतेदेखि १४ दिनसम्म निषेधाज्ञा जारी गरेको थियो।

    सामाजिकपत्र

    • शुक्रवार, भाद्र ५ २०७७०२:३६:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology