• सोमवार, मंसिर १५ गते २०७७

काठमाडौँ उपत्यकामा दसैँसम्म निषेधाज्ञा गर्ने भनेपछि सांसदहरुले दिए यस्तो जबाफ !

काठमाडौँ उपत्यकामा दसैँसम्म निषेधाज्ञा गर्ने भनेपछि सांसदहरुले दिए यस्तो जबाफ !

काठमाडौँ उपत्यकामा दसैँसम्म निषेधाज्ञा गर्ने भनेपछि सांसदहरुले दिए यस्तो जबाफ !

  • 4.3K
    SHARES

  • काठमाडौँ उपत्यकामा दसैँसम्म निषेधाज्ञा गर्ने भनेपछि सांसदहरुले दिए यस्तो जबाफ !

    काठमाडौं- काठमडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै तिनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुखजिल्ला अधिकारीहरु (सीडीओ) ले दशैँसम्म नै निषेधाज्ञा जारी गर्न प्रस्तवा गरेका थिए ।

    उनीहरुको प्रस्तावमाथि प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत उपसमितिको आइतवारको बैठकमा सांसदहरूले जबाफ दिएका छन् ।

    सांसदहरुले निषेधाज्ञालाई बढाउँदै जाने कुराले सामाजिक जनजीवनलाई असर पर्ने भन्दै अर्काे बाटोबाट अघि बढ्नुपर्ने बताएका छन् ।

    निषेधाज्ञाको अवधि बढाउनु भन्दा कोभिड– १९ को नियन्त्रण, रोकथाम र उपचारका लागि कन्ट्याक्ट ट्रेसिङलाई व्यापक गर्ने, पीसीआर परीक्षण गर्ने, संक्रमितलाई आइसोलेसनमा राख्न व्यवस्था गर्ने, अस्पतालहरूमा आईसीयू र भेन्टिलेटरको व्यवास्थामा बढी ध्यानदिनु पर्ने जोड सांसदहरुको छ ।

    उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ सहभागी बैठकमा उपसमितिका संयोजक जीवनराम श्रेष्ठले कोभिड– १९ रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन सीडीओ र मेयरहरूलाई सुझाव दिएका हुन् ।

    त्यस्तै क्वारेन्टीनमा रहेका व्यक्तिको लागि खानाका लागि  तोकेको १७५ रुपैयाँ बढाउन समेत बैठकमा सांसदहरुले आग्रह गरेका छन् । 

    सामाजिकपत्र

    • सोमवार, भाद्र २२ २०७७०२:५२:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology