• आइतवार, आश्विन ४ गते २०८३

उपत्यकामा निषेधाज्ञा खुकुलो, जोर-बिजोर लागु

उपत्यकामा निषेधाज्ञा खुकुलो, जोर-बिजोर लागु

उपत्यकामा निषेधाज्ञा खुकुलो, जोर-बिजोर लागु

  • 6.4K
    SHARES

  • उपत्यकामा निषेधाज्ञा खुकुलो, जोर-बिजोर लागु

     उपत्यकामा निषेधाज्ञा केहि सहज हुने भएको छ।

    उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले जोर बिजोर प्रणालिबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेका छन्।

    यसैगरी पसल पनि समय निर्धारण गरेर सञ्चालन गर्ने दिइने भएकाे छ। स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यालय र व्यवसाय सञ्चालन गर्न दिने तयारी भएको हो।

    भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने छ । फर्निचर र अटो मोवाइल सम्बन्धी पसल साताको सोमबार र बुधबार मात्र खोल्न पाइने छ ।

     त्यस्तै उपत्यकाभित्र अनलाइन डेलिभरी र टेक अवे सेवा खुल्ला भएको छ । दुबै सेवा मध्यान्ह बाह्र बजेदेखि साँझ सात बजेसम्मका लागि मात्रै खुल्ला गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

    कोरोना महामारीको जोखिम जारी रहे पनि आर्थिक गतिविधि ठप्प हुन नदिन मात्रै निषेधाज्ञा खुकुलो बनाइएको हो। भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा बुधबार राति सकिँदैछ।

    1-samajikpatra.jpg

    2-samajikpatra.jpg

    3-samajikpatra.jpg

     

     

    सामाजिकपत्र

    • बुधवार, भाद्र २४ २०७७०२:४१:२६
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology