• सोमवार, श्रावण ११ गते २०८३

काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा (सूचनासहित)

काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा (सूचनासहित)

काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा (सूचनासहित)

  • 8.6K
    SHARES

  • काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा (सूचनासहित)

    काठमाडौँ उपत्यकामा थप एक सात निषेधाज्ञा थप गरिएको छ। बुधबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यही भदौ ३ गतेदेखि जारी निषेधाज्ञा एक साताका लागि थप निर्णय गरेको हो ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अहिलेकै अवस्थामा एक साता निषेधाज्ञा बढाइएको बताए।

    अघिल्लो बुधबार मध्यरातिदेखि जारी एकहप्ते निषेधाज्ञाको अवधि आज (बुधबार) राति १२ बजेबाट सकिँदै थियो।

    यसअधि मंगलबार निषेधाज्ञा थप गर्नेबारे काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफल गरेका थिए। मंगलबार नै तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले संघीय सरकारको गृह मन्त्रालयसँग समेत छलफल गरेका थिए।

    उपत्यका नगरपालिका फोरमको सोमबार बसेको बैठकले पनि संक्रमण बढेको भन्दै निषेधाज्ञा थप गर्न प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

    cdo1.jpg

    cdo2.jpg

    सामाजिकपत्र

    • बुधवार, भाद्र १० २०७७०७:४५:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology