• सोमवार, श्रावण ११ गते २०८३

कोरोनामा आयुर्वेदिक औषधिले यसरी दिँदै छ सुखद् नतिजा

कोरोनामा आयुर्वेदिक औषधिले यसरी दिँदै छ सुखद् नतिजा

कोरोनामा आयुर्वेदिक औषधिले यसरी दिँदै छ सुखद् नतिजा

  • 5.1K
    SHARES

  • कोरोनामा आयुर्वेदिक औषधिले यसरी दिँदै छ सुखद् नतिजा

    कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले कोरोना भाइरस लागेका बिरामीको चाँडो स्वास्थ्य लाभमा उपयोगी हुने औषधिको अनुसन्धान गरिरहेको छ।

    त्यसक्रममा अनुसन्धान भइरहेको एक औषधिले बिरामीलाई लाभ भइरहेको खबर आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन्।

    सो औषधिको प्रयोगले दुई साताभन्दा कम समयमै सङ्क्रमित बिरामीले स्वास्थ्य लाभ गरी घर फर्कन थालेको चिकित्सकले दाबी गरेका छन्।
    राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका चिकित्सक तथा कोभिड–१९ का संयोजक डा.जितेन्द्र श्रेष्ठले आयुर्वेदिक उपचारबाट अरू रोग भएका कोरोना सङ्क्रमित व्यक्तिलाई पनि धेरै फाइदा भएको जानकारी दिए ।

    पहिलेदेखि नै विभिन्न रोग भएका व्यक्तिलाई कोरोना सङ्क्रमण भएपछि डर हुन्छ, तर आयुर्वेदिक पद्धतिले त्यस्ता व्यक्तिलाई निको पारेपछि चिकित्सक र बिरामीमा उत्साह देखिएको छ।

    केन्द्रमा भर्ना भएका कोरोना सङ्क्रमितहरूमध्ये २ सय १३ जना बिरामी निको भएर घर फर्किएका छन्। ‘‘१९ महिनाको दूधेबालकका आमादेखि ७८ वर्षको ज्येष्ठ नागरिकसम्म यही औषधिले राम्रो गरेको छ,’ श्रेष्ठले भने।

    अस्पतालका अनुसन्धान अधिकृत डा.अमितमान जोशीले भने, ‘आयुर्वेदिक औषधिमा विभिन्न रोग प्रतिरोधक क्षमता बढाउने जडीबुटी प्रयोग हुने भएकाले कोरोनासँग लड्न सक्ने क्षमता भएको हो ।

    यसैगरी रोग प्रतिरोधी क्षमता बढाउने जडीबुटी मिलाएर बनाइएको औषधि खान दिइएको छ । त्यसको सात दिनपछि पीसीआर परीक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आयो, कोरोना देखिएन।’

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology