• आइतवार, आश्विन ४ गते २०८३

नेपालमा कोरोना भाइरसको खोप परीक्षणको तयारी अन्तिम चरणमा

नेपालमा कोरोना भाइरसको खोप परीक्षणको तयारी अन्तिम चरणमा

नेपालमा कोरोना भाइरसको खोप परीक्षणको तयारी अन्तिम चरणमा

  • 5.9K
    SHARES

  • नेपालमा  कोरोना भाइरसको  खोप परीक्षणको तयारी अन्तिम चरणमा

    चीनमा बनाइएको कोरोना भाइरसविरुद्धको खोप नेपालमा परीक्षण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अधिकारीहरुले नेपालमा रहेको होङ्सी सिमेन्ट उद्योगमा कार्यरत मजदुरमा सो खोप परीक्षणका लागि अनुमति दिने तयारी भएको बताएका छन्।

    चीनका ३ वटा खोप परीक्षणको तेस्रो अर्थात् अन्तिम चरणमा छन्। चीन नेसनल फर्मास्युटिकल ग्रुप (सिनोफर्म), क्यानसिनो बायोलोजिक्स र सिनोभ्याकको खोपले क्लिनिकल ट्रायलका लागि अनुमति पाएका छन्। सिनोफार्मले क्लिनिकल ट्रायलका लागि ५० हजारभन्दा बढी डोज उत्पादन गरेको बताइएको छ।

    सो कम्पनीको एक ब्याचमा तीस लाख डोज उत्पादन गर्न सक्ने र एक वर्षमा दस करोड डोज उत्पादन गर्ने क्षमता भएको जनाइएको छ।

    चीनले तेस्रो तथा अन्तिम चरणको क्लिनिकल ट्रायलका पाँच सय मजदुरमा परीक्षणका लागि अनुमति मागेको छ।

    परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले होङ्सीका कामदारमा क्लिनिकल ट्रायलका लागि अनुमति दिने कार्य अन्तिम चरणमा रहेको बताए।

    'शुक्रबार सबै सरोकारावाला समूहसँग कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायलको बारेमा भर्चुअल बैठक गरेका छौं। नेपाल पनि भ्याक्सिन निर्माण गर्ने उपयुक्त कम्पनीको क्लिनिकल ट्रायलमा जानु पर्ने भन्ने विषयमा सहमति छ,' ज्ञवालीले नेपालखबरसँग भने, 'केही कम्पनीहरुले इच्छा पनि देखाएका छन्। जसमा चीनको होङ्सीसँग छलफल अन्तिम चरणमा छ। एकदुई दिन छलफल पछि यसको अन्तिम टुङ्गो लाग्छ।'

    ज्ञवालीका अनुसार होङ्सीमा कार्यरत रहेका र परीक्षणमा सहभागी हुन चाहने ५ सय मजदुरमा एक हजार भाइल भ्याक्सिन परीक्षण गर्ने अनुमति माग भएको छ।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology