• आइतवार, आश्विन ४ गते २०८३

कुलिङ पिरियड हेरफेर : सार्वभौम संसद्को अधिकारमाथि हस्तक्षेप

कुलिङ पिरियड हेरफेर : सार्वभौम संसद्को अधिकारमाथि हस्तक्षेप

कुलिङ पिरियड हेरफेर : सार्वभौम संसद्को अधिकारमाथि हस्तक्षेप

  • 83.1K
    SHARES

  • कुलिङ पिरियड हेरफेर : सार्वभौम संसद्को अधिकारमाथि हस्तक्षेप

    नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले कुलिङ पिरियड हेरफेर गरी सार्वभौम संसद्को अधिकारमाथि हस्तक्षेप गरिएको बताएका छन्।

    उनले भने,'सभापतिले पनि मेरो जानकारीबिना भयो भन्नुभएको छ। यो संसद्को उपहास गर्ने गरी, हाम्रो सार्वभौम अधिकारमाथि हस्तक्षेप गर्ने गरी जुनकुरा गरियो, षड्यन्त्र गरियो, बदमासी गरियो। तुच्छ कार्य हो यो।’ 

    नले यो कार्यको सबैभन्दा पहिला छानबिन हुनुपर्ने बताए। उनले यो कार्यको जिम्मेवारी कसले लिने भन्दै पनि प्रश्न गरे। ‘यसको जिम्मा सचिवले लिने? सभापतिले लिने या समितिले लिने? जिम्मेवारी लिनुपर्छ।

    यो खालको छलछाम गरेर, कानुनमै हेराफेरी हुने अवस्था आयो भने देशमा जनताले कसलाई विश्वास गर्ने? व्यवस्थापिकाको कसरी विश्वास गर्ने?,' उनले थपे, 'कानुनप्रति कसरी विश्वास गर्ने?हामीप्रति गम्भीर प्रश्न उठेको छ। यसको जवाफ छानबिन गरी कारबाहीको प्रक्रिया अगाडि बढाएर मात्रै सच्चाउने दिशामा अगाडि बढ्नुपर्छ।’ 

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology