• आइतवार, आश्विन ४ गते २०८३

ओलीले दुवै पदबाट राजीनामा दिनुपर्छ : जनार्दन शर्मा

ओलीले दुवै पदबाट राजीनामा दिनुपर्छ : जनार्दन शर्मा

ओलीले दुवै पदबाट राजीनामा दिनुपर्छ : जनार्दन शर्मा

  • 9.4K
    SHARES

  • ओलीले दुवै पदबाट राजीनामा दिनुपर्छ  : जनार्दन शर्मा

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठक आज (मंगलबार) पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ ।

    सचिवालय वैठकमा प्रस्तुत हुन प्रधानमन्त्री केपी शर्मा ओली समूह र प्रचण्ड–माधव नेपाल समूह आ–आफ्नो रणनीति निर्माण जुटिरहेका बेला प्रचण्ड निकट नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले आजैको वैठकबाट अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

    ‘प्रभाकर’ ले आफ्ना अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने नै हो भने आज (मंसिर १६) गते बस्ने सचिवालय बैठकमा दुवै पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।

    सचिवालय बैठक बस्ने मितिको अघिल्लो दिन सोमबार एक टेलिभिजनलाई अन्तरवार्ता दिंदै पूर्वमन्त्री शर्माले अध्यक्ष ओलीले सचिवालयमा पेस गरेको जवाफी प्रतिवेदनमा उल्लेख (नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने) कुरा कार्यान्वयन गर्ने हो भने पहिले आफूले दुवै पद छाडेर देखाउनुपर्ने बताएका हुन् ।

    ‘म यत्ति कुरा भन्न चाहन्छु कि सम्माननीय प्रधानमन्त्री ज्यूले आज (मंगलबार) कै बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री पदबाट राजीनामा दिएर अर्को पात्र को व्यक्ति हो, त्यो अगाडि ल्याउनु हुनेछ,’ शर्माले भनेका छन्, ‘अनि मात्रै पार्टी नयाँ पुस्तामा जानेछ ।’

    अध्यक्ष ओलीले गरेको नेतृत्व हस्तान्तरणको प्रस्तावलाई स्थायी कमिटीले समर्थन गर्ने उल्लेख गर्दै नेता शर्माले त्यसमा अर्का अध्यक्ष प्रचण्डको पनि सहमति रहने बताएका छन् ।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology