• सोमवार, श्रावण ११ गते २०८३

मल कम्पनीसँगकाे ठेक्का सम्झौता रद्द, धरौटी समेत जफत

मल कम्पनीसँगकाे ठेक्का सम्झौता रद्द, धरौटी समेत जफत

मल कम्पनीसँगकाे ठेक्का सम्झौता रद्द, धरौटी समेत जफत

  • 6.8K
    SHARES

  • मल कम्पनीसँगकाे ठेक्का सम्झौता रद्द, धरौटी समेत जफत

    कृषि तथा पशुपन्छी विकासले रासायनिक मल आपूर्ति गर्न नसकेपछि कृषि सामग्री कम्पनी लिमिटेडले दुई मल कम्पनीसँगकाे ठेक्का सम्झौता रद्द गरेको छ ।

    शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिपल प्रालिसँग भएको ठेक्का सम्झौता रद्द गरेको हो ।

    उनीहरूले मल खरिद गर्न राखेको धरौटी जफतसमेत गर्ने निर्णय गरिएकाे कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले जानकारी दिए ।

    ५० हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि पुस २८ र ४ माघमा गरिएको टेण्डरमा दुई कम्पनीले ठेक्का पाएका थिए ।

    दुवै कम्पनीले तोकिएको समयमा कम्पनीले गरेको ठेक्का सम्झौताअनुसार १० साउनसम्म पहिलो लट तथा २० भदौभित्र सबै मल खरिद गरेर ल्याउनुपर्ने हो ।

    शनिबार नै मिति सकिए पनि मल बुक गरेको जवाफ दुवै कम्पनीले नपठाएपछि धरौटी र ठेक्का नै रद्द गरेको मन्त्री भुसालले जानकारी दिए ।

    उनका अनुसार दुवै कम्पनीले राखेको ५/५ करोड कार्यसम्पादन धरौटी रकम जफत भएको छ ।

    उनीहरूका कारण किसानलाई समस्या परेको भन्दै थप कम्पनीविरुद्ध कानुनी कारबाहीका लागि कृषि सामग्री कम्पनी लिमिटेडले तयारी गरेको मन्त्रालायले जनाएको छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology