• सोमवार, श्रावण ११ गते २०८३

चाकडीवाजहरुले प्रशँसा र भजन मात्रै गाँउछन् र डुवाउछन् : प्रबक्ता नारायणकाजी श्रेष्ठ

चाकडीवाजहरुले प्रशँसा र भजन मात्रै गाँउछन् र डुवाउछन् : प्रबक्ता नारायणकाजी श्रेष्ठ

चाकडीवाजहरुले प्रशँसा र भजन मात्रै गाँउछन् र डुवाउछन् : प्रबक्ता नारायणकाजी श्रेष्ठ

  • 17.8K
    SHARES

  • चाकडीवाजहरुले प्रशँसा र भजन मात्रै गाँउछन् र डुवाउछन्  : प्रबक्ता  नारायणकाजी श्रेष्ठ

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले चाकडीवाजहरुले प्रशँसा र भजन मात्रै गाएर नेता र पार्टी डुबाउने बताएका छन्।

    सामाजिक सन्जाल फेसबुकबाट आफ्नो धारणा सार्वजनिक गर्दै प्रबक्ता श्रेष्ठले लोकतान्त्रिक पद्धति अन्तर्गत काम गर्दा केही प्रकृयागत ढिलाई हुन सक्नेभन्दै बिचार सुन्ने सहिष्णुता र छलफल गर्ने धैर्यता लोकतन्त्रमा चाहिने बताएका छन्।

    निरङ्कुश तानाशाही तन्त्र छलफलको “झञ्झट“ बाट मुक्त र छिटो काम हुने ब्यबस्था लाग्न सक्छ। तर लोकतन्त्र नै उत्तम हुन्छ,निरङ्कुशतन्त्र होइन उनले फेसबुक स्टाटसमा लेखेका गरेका छन्।

    हेरौ उनको स्टाटस

    ‪आलोचनात्मक चेत भएका साँच्चैका हितैषी हरुले आफुले ठिक नदेखेको कुरा समयमै भन्छन् र गल्ति गर्न वा पतनबाट बचाउँछन् ,जवकी निहीत स्वार्थ केन्दृत अन्ध चाकडीवाजहरुले प्रशँसा र भजन मात्रै गाँउछन् र डुवाउछन् ।त्यसैले आलोचनात्मक चेत भएका मित्रहरुमा भर गरौं, स्वार्थी अन्ध प्रशंसकमा होइन।‬

    बिचार सहितको विवेक भएकाहरु मुर्खले जस्तो सुर्याइँ नदेखाउन सक्छन् र निर्णय एवं कार्य गर्नु अघि सँशयकारी जस्ता देखिन सक्छन् ।तर बिचार सहितका विवेकी हरु नै सुरा मुर्खहरु भन्दा भरपर्न लायक हुन्छन् ।‬

    ‪लोकतान्त्रिक पध्दति अन्तर्गत कार्यगर्दा केही प्रकृयागत ढिलाई हुन सक्छ ।बिचार सुन्ने सहिष्णुता र छलफल गर्ने धैर्यता चाहिन्छ लोकतन्त्रमा ।निरङ्कुश तानाशाही तन्त्र छलफलको " झञ्झट" बाट मुक्त र छिटो काम हुने ब्यबस्था लाग्न सक्छ । तर लोकतन्त्र नै उत्तम हुन्छ,निरङ्कुशतन्त्र होइन ।‬

     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology